शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक अर्काको विरोधमा उत्रेका कलाकारलाई संघले भन्यो –‘विवादको विषय जानकारी गराउनुस्’

शुक्रबार, १९ असार २०७७, १२ : ५३
शुक्रबार, १९ असार २०७७

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले अहिले सामाजिक संजालमा देखिएको कलाकारहरुको विवाद वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक संजालमा देखिएको विवाद संघमा आएर समाधानको बाटो खोज्न समेत आग्रह गरेको छ ।
 
‘केही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएका प्रति चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘लकडाउनका कारणबाट उत्पन्न समस्या एवं पारिश्रमिकका कुरा लगायतका अन्य विवादहरु छन् भने संघलाई जानकारी गराउनुहोस् । हामी समाधान तर्फ क्रियाशिल रहन्छौं ।’

संघले स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रवद्र्धनमा क्रियाशिल जानकारी दिदै संघको जानकारीमा आएका र निवेदन परेका कलाकारका विभिन्न समस्यालाई सामाधान गर्दै आएको स्परण समेत गरेको छ ।

अहिले प्रचारमा आएका कलाकारहरुको आपसी विवाद र आक्षेप संन्र्दभमा पनि संघले सबै कलाकारहरुसँग सम्पर्क गरेको समेत संघका अध्यक्ष रबिन्द्र खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप