बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

होटल तथा उडान खोल्ने तयारीमा सरकार

शुक्रबार, १९ असार २०७७, १२ : ५३
शुक्रबार, १९ असार २०७७

लकडाउनका कारण बन्द रहेको होटल  तथा एयरलाइन्स क्षेत्र  खोल्ने तयारीमा सरकार जुटेको छ । संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले होटल र उडान खोल्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराइले सबै पर्यटकीय क्षेत्रलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल बनाएर जारी गरेको र त्यसलाई पछ्याउन भनिएको बताए । उनले भने, ‘अब विस्तारै होटल तथा उडान खोल्दै जानुपर्छ । उनीहरुलाई प्रोटोकल फलो गरेर खुला गर्न तयारी गर्नुस् भनेका छौँ ।’

 चैत ११ गतेदेखिको लकडाउनका कारण यी क्षेत्रहरु बन्द छन् । नेपालमा झण्डै १० खर्ब लगानी रहेको भनिएको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । 

अहिले मन्त्रालयमा दैनिक जसो होटल, ट्राभल लगायत अन्य पर्यटकीय व्यवसाय खोल्न दबाब आइरहेको पनि उनले भने । आजै मात्र यी व्यवसाय कसरी खुला गर्ने भन्ने विषयमा मन्त्रीसँग व्यवसायीहरुले छलफल गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप