केन्द्रीय संस्करण

नेपाल न्यून–मध्यम आय भएको मुलुकमा उक्लियो, एकै वर्ष १९० डलर आम्दानी वृद्धि

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

काठमाडौं । नागरिकहरुको आयस्तरको सूचकमा नेपाल एक स्थानमाथि उक्लिएको छ । नेपाल न्यून आय भएको मुलुकबाट न्यून–मध्यम आय भएको मुलुकमा प्रवेश गरेको हो ।

विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०१९ मा नेपालको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर रहेको थियो । सन् २०१८ मा यस्तो आय ९६० डलर थियो । अघिल्लो वर्ष प्रतिव्यक्ति १ हजार २६ डलरमात्रै आम्दानी हुने देशलाई न्यून–मध्यम आय भएको मुलुक मानिन्थ्यो । यो वर्ष यो सीमा १० डलरले बढाइएको हो । नेपालले भने एकै वर्षमा १ सय ३० डलर आम्दानी सुधार गरेर आफ्नो स्तर वृद्धि गर्न सफल भएको हो ।

विश्व बैंकले गरेको वर्गीकरण अनुसार १ हजार ३६ डलरसम्म प्रतिव्यक्ति आय हुने मुलुलकलाई न्यून आय भएको मुलुकको रुपमा लिइन्छ । १ हजार ३६ डलरभन्दा बढी र ४ हजार ४५ डलरसम्म आम्दानी भएको मुलुकलाई न्यून–मध्यम आय भएको मुलुक मानिन्छ ।

त्यस्तै,  बढी प्रतिव्यक्ति ४ हजार ४६ डलरदेखि १२ हजार ५ सय ३५ डलरसम्म आम्खानी भएको मुलुकलाई उच्च मध्यम आय भएको मुलुक मानिन्छ भने १२ हजार ५ सय ३५ डलरभन्दा धेरै आम्दानी भएका मुलुकहरु उच्च आय भएका मुलुकलाई उच्च आय भएका मुलुकको रुपमा वर्गीकरण गरिएको छ । विश्वव्यापी मुद्रास्फीतिका आधारमा विश्व बैंकले यो सीमाई वार्षिक रुपमा परिवर्तन गर्ने गर्छ ।

अरु मुलुकहरु के के भए ?

विश्व बैंकका अनुसार यो वर्ष नेपालसहित ७ देशहरुको स्तर वृद्धि भएको छ भने ३ वटा देशहरुको स्तर घटेको छ । नेपालसहित बेनिन र तान्जिनिया न्यून मध्यम आय भएको मुलुकमा रुपान्तरण हुँदा इन्डोनेसिया, मौरिसस, नाउरु र रोमानिया उच्च मध्यम आय भएको मुलुकमा रुपान्तरण भएका हुन् ।

तर अल्जेरिया, श्रीलंका र सुडानको स्तर घटेको छ । अल्जेरिया र श्रीलंका उच्च मध्यम आय भएको मुलुकबाट न्यून–मध्यम आय भएको मुलुकमा झर्दा सुडान न्यून मध्यम आय भएको मुलुकबाट न्यून आय भएको मुलुकमा झरेको हो ।

यो रिपोर्टले सार्क मुलुकमध्ये अहिले नेपाल, भारत पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटान न्यून मध्यम आय भएका मुलुकको रुपमा देखाएको छ भने माल्दिभ्सलाई उच्च मध्यम आय भएको तथा अफगानिस्तानलाई न्यून आय भएको मुलुकको रुपमा देखाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.