शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ३६६ पुग्यो

शुक्रबार, १९ असार २०७७, १३ : २८
शुक्रबार, १९ असार २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ३३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या २ हजार ३६६ पुगेको छ ।  बिहिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३३३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै ५ सय ६१ जना संक्रमित निको भई घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३०५, वीर अस्पताल काठमाडौं प्रयोशालामा २ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएकामध्ये कैलाली १३८ पुरुष, ४४ महिला, कञ्चनपुर २६ पुरुष, ८ महिला, अछाम ३० पुरुष, ७ महिला रहेका छन् । त्यसैगरी डोटी ३६  पुरुष, ५ महिला, बझाङ्ग २६ पुरुष, ११ महिला, बैतडी १ पुरुष र डडेल्धुरा १ पुरुष रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

 प्रदेशमा हालसम्म २० हजार ९९६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १८ हजार ६३ मा नेगेटिभ आएको उनले बताए । त्यसमध्ये ३ हजार ६७९ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी विधिबाट १ लाख १३ हजार ८९३ जनामा परीक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका २८८, बैतडीका २३६, बझाङ्गका १२७, बाजुरा ३३७, डडेल्धुराका २३०, दार्चुलाका १७, डोटीका ४७३, कैलालीका ८७४ र कञ्चनपुरका ३५१ गरि २ हजार ९३३ रहेका छन् । जसमा महिला ६७९ र पुरुष २ हजार २५४ संक्रमित फेला परेका हुन् । 

क्वारेन्टिनमा ७ हजार ५३१ पुरुष र २ हजार १९५ महिला रहेका छन् । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १६ र संक्रमित ११२ गरी १२८ जनाको उपचार भइरहेको छ । ६८० जना भने सामान्य उपचारपछि घर गइसकेका छन् । हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ४५, महाकालीमा २१, अछाममा १०, डोटी २, बाजुरा २  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको  कार्कीको भनाई छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप