शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्वारेन्टिनमा नै छैन झुल र बत्ति

शुक्रबार, १९ असार २०७७, १३ : ३८
शुक्रबार, १९ असार २०७७

काठमाडौं । शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ विगत तीन दिनदेखि बिजुली बत्ति छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनुभएका रमेश अधिकारीले जानकारी दिए ।
    
विदेशबाट आएका पाँच सहित उपत्यका बाहिरबाट आएका पाँच जना गरी जम्मा १० जना सो क्वारेन्टिनमा रहदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको र पिसिआर परीक्षण  गर्न माग गरे ।

उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दासमेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागेको गुनासो गरेका छन् । बत्ति नहुँदा सम्पर्कविहीन हुनुपरेको समस्या त छँदैछ तर विनापरीक्षण घर पठाउन लागेकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रह समेत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप