बुटवल-बेलहिया सडकखण्डमा लगाइएका बिरूवा अज्ञात समूहद्वारा नष्ट
बुटवल । अज्ञात समूहले बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन् । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ ।
सडकलाई हरियाली बनाउन गत वर्ष लगाइएका ३२ वटा बिरूवा ३ जनाको समूहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । उनले भने ‘राति ३ जनाको समूहले मिलेर काटेको त्यहाँ रहेको सिसिटिभी फुटेजबाट देखिएको छ ।’
गत वर्ष लगाइएका हुर्कंदै गरेका बिरूवाका हाँगा र फेदैबाट समेत काटिएका छन् । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । गत वर्ष साउन २ गते सोही सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म मेडिएनमा राखिएका ५ वटा मूर्ति क्षतविक्षत हुने गरी फुटाइएको थियो । ती मूर्ति कसले किन फुटायो भन्ने एक वर्ष पूरा हुन लाग्दा समेत खुलेको छैन । प्रमुख घिमिरेले मूर्ति तोड्ने समूह र विरुवा काट्ने समूह एउटै हो या छुट्टै भन्ने पनि अुनसन्धान भइरहेको बताए ।
विरुवा काटिएको विषयमा लिएर समाजिक सञ्जालहरु धरैले आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित