मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ३९ जनामा कोराना संक्रमण पुष्टि

शुक्रबार, १९ असार २०७७, १५ : ३६
शुक्रबार, १९ असार २०७७

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा ९ जना महिला सहित ३० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पुष्टी भएकामध्ये अछाम मंगलसेनका २३ र ४२ वर्षका २ पुरुष, मेलौली बैतडीका २६ वर्षीया १ महिला, २६ र ४२ वर्षीया २ पुरुष, पुचौडी  बैतडीका ८ महिनाकी बालिका, पाथीभरा बझाङ्गका २६ वर्षीया १ पुरुष रहेका छन् ।

शिखर डोटीका १९ वर्षीया १ पुरुष, केआईसिंह डोटीका ४० वर्षीया १ पुरुष, आदर्श डोटीका १९ वर्षीया १ महिला र  २२, १५, ५०, १८, ३४, ३६, १८, २९, ३५ वर्षका ९ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले रातापाटीलाई जानकारी दिए । उनले कैलाली गोदावरीका ३०, २५ वर्षका २ महिला र ३०, ३८, २३, ७, ४०, ४७, ३०, २२ वर्षका ८ पुरुष, चुरे कैलालीका २१ वर्षीया १ महिला, ३४ वर्षीया १ पुरुष छन् । त्यसैगरी भीमदत्त कञ्चनपुरका ४७, २२, २२ वर्षीया ३ महिला, १७, २, ३५, ३० वर्षका ४ पुरुष र टिकापुर कैलालीका ५२ वर्षीया १ पुरुष रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप