शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार गर्ल - २

शनिबार, २४ भदौ २०७४, ०९ : ०५
शनिबार, २४ भदौ २०७४

कथा:
-दिपक घिमिरे 

आज बिहानै एउटा हिम्मत पलायो, भेटेको लगभग महिना दिन पुग्यो । फोनमा घण्टौ गफिन्छौं तर अहिलेसम्म आई लभ यु भन्न सकेको थिएन । आज भन्ने हिम्मत खै कसरी जुट्दैछ ।

खाना बनाउँदै निशालाई प्रपोज गर्ने स्टाईल सिक्दै थिएँ । चट्ट एउटा डेरी मिल्कको प्याकेट दिदै “आइ लभ यु निशा ! ” भन्ने । 

यो स्टाईल पुरानो थियो । फोनबाटै भन्ने सोच आयो । कानमा फोन राख्दै भनँे “निशा ! आइ लभ यु । ”
 
ह्या ! यो झन झुर स्टाईल थियो । दक्षिणकाली मन्दिर लगेर भगवानकै अगाडि प्रपोज गर्ने सोच्न थाले । यो पनि अलि कता कता नमिल्ला जस्तो लाग्यो । मेरो मन चञ्चल हुँदै थियो । 

परीक्षा सकिएपछी त्यसै पनि मन रोमान्टिक बन्छ । झन्  जिवनमा एउटी इज्जतिली निशा आएकी छे, जसको प्रेममा म फस्दै छु । जस्ले गर्दा जीवन अझ धेरै रोमान्चक अनि मजेदार बन्दै छ ।

हरेक घण्टाको फरकमा हामी दुईचार मिनेट गफिन्छौ । कहिले उसले फोन गर्छे भने कहिले मैले । मिठो लाग्दैछ उ सँगका पलहरु । परीक्षा सकिएपछी प्रपोज गर्ने दिन कुरेर बसेको मेरा लागि आज उत्तम साईत थियो । किनभने आज शुक्रबार हो । जहाँ घुमेपनि जता गएपनि भोलि न अफिस, न कलेज । 

भेटेरै प्रपोज गर्ने मनसाय बन्यो । तरकारीमा अलि धेरै पानी हालेर मोबाईलमा उसको नम्बर डायल गरे अनि भने “आज भेटौ है निशा । मेरो ईक्जाम सकियो । ”
 
उसले खुशी हुँदै भनी “ तिम्रो ईक्जाम हिजै सकिएको हो बुद्धु, मलाई पहिले नै थाहा थियो । आज तीन बजे रत्नपार्क आउ, बाबा लाई अफिसको चाबी दिएर म निस्कन्छु ल ।”

म खुशी भए । उसलाई भेटेर कहाँ जाने, कहाँ लाने, के ख्वाउने, कसरी प्रपोज गर्ने ? दिमाग यिनै कुराले ह्याङ्ग बनायो । सोच्दा सोच्दै उता तरकारी डढेको पत्तै पाईन । आज भोकै बस्ने भईयो, उतै डेटिङमै खाईन्छ ।

तीन बजे केटो हेन्सी भएर रत्नपार्क पुग्यो । 

रत्नपार्कबाट रानीपोखरी जाने बाटोमा निशा उभिएकी थिइ एउटा हिरोईन जस्तै राम्री देखिएकी थिइन् । म उनको सुन्दरतामा फिदा थिएँ, आज फेरी पनि झन् बढी फिदा भए । 

उसले मलाई देखेर आफ्ना बत्तीस दन्त देखाउदै हाँसी, म झन धेरै हासिदिएँ । नजिकै गएर भने “सरी यार ! ढिला भयो है ।”

उसले मेरो हात च्याप्प समातेर डो¥याउदै भनी “इट्स ओके डियर ! आज पहिलो डेटमा म रिसाउँदिन ।”

मलाई एउटा तनाब उतिबेलैदेखि थियो, आज प्रपोज गर्न डेटिङ कहाँ लगेर जाउँ ? यहि कुराले अहिले सम्म सताउन छाडेको थिएन । उ मेरो हात समातेर जमल तिर लागी । म उ सँगै हिडिरहेँ । 

“चाईना टाउन रेष्टुरा जाउँ है ! मलाई लास्टै मन पर्छ चाईनिज आईटम ।” उसले जमलबाट भित्र गल्लीमा घुसाउँदै अफर गरि ! 

मन्दिर या कुनै शान्त बातावरणमा बसेर उसलाई प्रपोज गर्ने मुड थियो तर उसले रेष्टुरा रोजी । मैले नाई भन्ने कुरै भएन । 

जमलबाट ठमेल छिर्ने रोडको एउटा साईडमा बडेमानको स्तरीय चाईना टाउन रेष्टुरा रहेछ । उसले सरासर त्यही छिराई । 

भित्र छिरेपछी उसले रेष्टुराको बारमा लगी, म यतै काउन्टरमा बस्ने अनुमती मागे । उसले रिसाउदै भनी “आज चाईनिज आईटमसँग चाईनिज बियर चुस्की लगाउनु पर्छ, आउ यतै ।”
 
उसले मलाई तानेर बारमा राखिन् । अनि एउटी केटीलाई दाहिने आँखा झिम्क्याइ । उ मन्द मुस्कानले हाँसी, निशाले केही ईशारा गरिन् । म ट्वाँ परेर हेरिरहेँ । 

मलाई अघिसम्म ईज्जतिली लागेकी निशाले बियर पिउछे भन्ने कल्पना सम्म गरेको थिएन । तर उ आफ्नो असली हैसियत लुकाएकी छे भन्नेमा म प्रष्ट हुँदै थिए । 

बारमा बसेर उ मस्तले चिकेन मन्चुरेनसँग बियर पिउन थाली ।

उ यहाँ सबैलाई चिन्ने रहिछ । सबै स्टाफले उसलाई मन्द मुस्कानले हेरिरहन्थे । आएका कस्टमर(ग्रहक)हरु पनि उसलाई राम्रोसँग चिन्दथे । उ सबैसँग गफिदै मेरो परिचय गराउँथी, नयाँ साथीको रुपमा । 

एक गिलास बियर उ दुई घुटुकमा सकेर अर्को बियर अर्डर गरि । मेरो ग्लाँसमा अझै आधा बियर बाँकी थियो । 

बार टेन्डरले एउटा बियर खोलेर उसको ग्लाँसमा हालिदियो । उसले दुईवटा चुरोट मगाई । म हेरेको हे¥यै भएँ । अचम्म भयो, उ चुरोट पनि पिउँदी रैछे ।

एउटा चुरोट मलाई दिदै भनी “आज लास्ट इन्ज्वाई गर्नु पर्छ यार दिपक ।”

मैले उसको हात हटाउँदै भने “म चुरोट पिउँदिन निशा ।”
 
उसले घुरेर मलाई हेर्दै भनी “ह्वाट ?”
 
उ दुई ग्लाँस चाईनिज बियर पिएर फिट भैसकेकी थिइ । मलाई हल्का झम झम पार्दै थियो । आफुले पिउँदै गरेको चुरोट म तिर सोझ्याउँदै भनी “ दुई सर्को तान अनि हेर ! जीवन क्या मस्तको बनाईदिन्छ यस्ले ।”
 
उसले बोतलमा बचेको आधा बियर आफ्नै ग्लाँसमा खन्याई अनि अर्को एउटा बियर अर्डर गरि । 

प्रपोज गर्न यतिका दिन कुरेको म आज निराश हुन पुगेँ । घरमा मम्मिलाई बुहारी खोजिसके भनेर खबर पठाएको थिएँ । निशालाई लक्ष्मी जस्तै बत्तिस लक्षणयुक्त युवतीको रुपमा मम्मीले र मैले कल्पना गर्दै थियौं । तर आज उसको हर्कतले म तनाबमा पर्दै थिएँ ।
 
म एकोहोरो टोलाएको देखेर उसले ध्यान तान्दै भनी “हे यु ! थिङ्किङ अबाउट मि ?”
 
म झसङ्ग भए अनि ग्लाँसमा बचेको बियर ताने, टेबुलमा ग्लाँस राख्नै लागेको थिएँ, उनले मेरो हात तानेर हत्केला खेलाउँदै भनी “आइ लभ यु !”

प्रपोज गर्ने सपना देखेको सुस्त सुस्त टुटदै थिएँ तर एक्कासी उसले मलाई प्रपोज गरि । बारमा अरु पनि कस्टमर थिए । मलाई लाज लाग्यो । उसले मेरो गाला चिमोटदै भनी “नट्टि ब्वाय ! लजाउछ मोरो ।”
 
मलाई बियरको नशा चढ्दै थियो । उ मलाई माया दर्शाउँदै थिइ । रोमान्स गर्न या टाईमपास गर्नका लागि उ अति उत्तम थिइ तर मैले जिबनभरको साथी बनाउने सोच्दै थिएँ । 

उसले नयाँ बियर खोलेर मेरो ग्लाँस भरिदिई । अनि बाँकी आफ्नोमा खन्याई । 

म शान्त थिएँ, एकदमै शान्त । उसले कहिले के भन्दै थिइ त कहिले के । 

मैले उसको कुरामा त्यति ध्यान दिइरहेको थिएन । मेरो मुड अफ भैसकेको थियो । म बियरको नशामा सबै भुल्न चाहन्थे । उसले फेरि डिस्टब गर्दै भनी “खोइ त रिप्लाई बेबि ? ”
 
उसले बेबि भनेपछि एकपटक मैले बारको सिसामा अनुहार हेरेँ, मस्तको जवान थिए । खाईलाग्दो, आधुनिक भाषामा क्युट । यस्तै सोच्दै थिएँ उसले मलाई अंगालोमा बाँधी र किस गर्न सुरु गरिन् । त्यो पनि टङ किस ।  

म लजाएँ, वरिपरि धेरै मान्छे थिए । उ निक्कै हट भएकी थिइ, बियरको नशामा उ लठ्ठिएकि थिइ । ग्लाँस रित्याउन नपाउँदै उ औंला देखाउँदै ईशारा गर्दै भन्थी “वान मोर बियर ! ”
 
यो पटक मैले रोक्दै भने “नो मोर बियर, बिल प्लिज ।”

 
वेटरले बिल लिएर आए । उसले वेटरलाई थर्काउदै भनी “काउन्टर प्याक बनाउ, हनि लेमन विथ नाईन्टी एम एल काउन्टर प्याक । चिभास व्हिस्की हालेर छिटो ।”
 
ओ माई गड ! बियर पिईरहेकी उसले अब व्हिस्की मगाई । म थाकेँ उ सँग । 

उसले एउटा आँखा मलाई झिम्क्याउदै भनी “यो फ्री हो, कस्टमर केयरका लागि रेष्टुराको तर्फबाट पाईन्छ बेब्स !” यति भनेर उसले मेरो चोचोमा चिमोटी अनि आफ्नो ओठमा लगेर चुमी र खिस्स हाँसी । 

बडेमानका गिलासमा काउन्टर प्याक बनेर आयो, सुईरो बाट तानेर उसले स्वाट्टै पारी । तर मैले पिइन । 

कक्टेल भएपछि मलाई भमिट हुन्छ । उसले मेरो काउन्टर प्याक पनि स्वाट्टै पारी । 

मैले बिल खोलेँ, सैतिस सय नब्बे रुपैयाँको बिल उठेको रहेछ । स्टाफ डिस्काउन्ट १५ प्रतिशत कटाएर ३२ सय २० तिर्नु थियो । 

अचम्म त त्यति बेला लाग्यो कि कसरी स्टाफको डिस्काउण्ट पाईयो ? उ बाबाको अफिस हेर्छे, म स्टुडेन्ट हुँ । अरु कसैको बिल आयो कि भनेर वेटरलाई बोलाए । 

निशा नशामा झ्याप भएर झोक्रीएकी थिइ । वेटरलाई सोधे “स्टाफ डिस्काउण्ट कस्लाई हो ?”
 
उसले निशालाई देखाउदै भन्यो “उहाँ हाम्रो रेष्टुराको बार गर्ल हो ! उहाँले लिएर आउने ग्राहकलाई फिफ्टिन प्रसेन्ट डिस्काउण्ट हुन्छ । ” 
यतीबेला म छाँगा बाट खसे जस्तै भएँ । बियरको नशा उत्रीसक्यो । उसलाई अंगालोमा बेरेर रेष्टुराको बाहिर ल्याएँ । 

एउटा ट्याक्सी रोकेर उसको घरसम्म पठाउने व्यवस्था गरेँ ।

अनि म भने बिगत एक हप्तादेखि मनमा बसेकी बार गर्ल निशालाई कल्पिदै कोठामा फर्किए । 

 

यो पनि पढ्नुहोस् 

बार–गर्ल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप