बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, २४ भदौ २०७४, ०९ : १२
शनिबार, २४ भदौ २०७४

-इमाला काभेली तावा (इकमान)

यहाँ गरिबलाई भोकले रुवायो ।
नेपाल आमालाई आफ्नै कोखले रुवायो ।।

आफ्नै देशमा पनि स्वन्तत्र घुम्न पाइएन ।
कारण उसलाई छुवाछूतको रोकले रुवायो ।।

लहुरे छोरा सपनाको सहर परदेशमै मर्यौ ।
घरमा अफान्तहरूलाई शोकले रुवायो ।।

सबै सपनाहरू बीचैमा चँुडिएर गयो ।
मलाई यहाँ संसारको लोकले रुवायो ।।

दुःखमा पर्नेलाई केही साथ नमिल्दो रहेछ ।
थाहा छ इमाला मलाई त्यही चोटले रुवायो ।।

-खानीखोला, गा.पा.–४, फूलडाँडा, काभ्रे
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप