बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउन २६ र २७ गते नै उद्योग वाणिज्य महासंघको महाधिवेशन हुन्छ : उपाध्यक्ष ढकाल

शुक्रबार, १९ असार २०७७, १९ : १३
शुक्रबार, १९ असार २०७७

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताए ।

शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी दिन चन्द्रागिरी पुग्नुभएका उपाध्यक्ष ढकालले पत्रकारहरुसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेसन गर्ने गरी नै महासंघका कार्यक्रमहरु अगाडि बढेको बताए ।

महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्व लगायत गरी करिब ४ सयको संख्यामा हुने र सामाजिक दुरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने विश्वास आफुले गरेको बताए ।

त्यसका लागि सरकारसँग समेत सहयोगको अपेक्षा महासंघले गरेको उपाध्यक्ष ढकालले बताए । उनले लकडाउन भन्दा पहिला चुनावी क्रियाकलापहरु बढी रहेको र अहिले पनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ रहेको बताए । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएका ढकालले चुनावलाई केन्द्रीत गरेर कुनै गुटगत राजनीति नगरेको समेत स्पस्ट पारे ।

उपाध्यक्ष ढकालले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघले राख्दै आएको बताए । उनले सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी पोर्टोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताए ।

उनले पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्स लगायतका क्षेत्रलाई पनि सुरक्षित रपमा सञ्चालन गर्न दिनुपर्ने बताए ।

सरकारले असार १ गतेदेखि आंशिक रुपमा व्यवसाय गर्ने वातावरण बनाएको तर व्यवसायका क्रियाकलापहरु प्रभावित भएकाले अझै व्यवस्थित पोर्टोकल तयार गरी सबै क्षेत्रलाई खोल्नुपर्ने बताए । कुनै एक क्षेत्रमात्रै खोल्दा अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले पर्यटकीय क्षेत्र मात्रै नभई होटल तथा एयरलायन्सलाई समेत खोल्नुपर्ने उनको जोड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप