सडक बनाउँदा झडप गर्ने ११ जनामाथि मुद्दा दर्ता
शुक्रबार, १९ असार २०७७, २० : १६
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बाटो निकाल्ने क्रममा झडप गर्ने ११ जना माथि मुद्दा दर्ता भएको छ ।
कटहरिया ८ पोखरिया गाउँमा झडपमा संलग्न ११ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो । स्थानीय बच्चालाल यादव , सुखल यादव , बिगन यादव लगायत ११ जनामाथी केहि अभद्र व्यवहार मुद्दा दर्ता भैइ अदालत बाट म्याद थमाएको डिएसपी ज्ञान कुमार महतोले बताए ।
२ दिनअघि नयाँ बाटो बनाउने क्रममा भएको दोहोरो झडपमा ७ जना घाइते भएका थिए । घाइते मध्ये टंइट यादवको बिरगञ्जस्थित एलएस न्युरो अस्पतालमा र अन्यको गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाटो निकाल्ने क्रममा नेकपा र जसपा बीचको झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो