मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा समस्यामा परेका नेपालीलाई अन्तराष्ट्रिय नेपाली समाज युएईको राहत सहयोग

शुक्रबार, १९ असार २०७७, २० : ३२
शुक्रबार, १९ असार २०७७

युएई । नोभल कोरोना (कोभिड–१९) का कारण युएईमा समस्यामा परेका नेपालीहरुका लागि अन्तराष्ट्रिय नेपाली समाज युएईले २ हजार दिर्हाम अर्थात्क (करिब ६० हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको छ।

कोरोना कारण उत्पन्न असहज परिस्थितिमा समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाज  युएई अन्तर्गत कोभिड १९ मुल समितिलाई खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको अन्तराष्ट्रिय नेपाली समाज युएईका सल्लाहकार उत्तम अधिकारीले रातोपाटीलाई बताए।

उक्त सामाग्री एनआरएनए युएईका  तर्फबाट उपाध्यक्ष एवं क्युआरएफ नेपाली टिमका संयोजक पासाङ शेर्पा र संघका महिला संयोजक शोभा र नेपाली समाज युएई कोभिड१९ मुल समिति अन्तर्गत अध्यक्ष गोबिन्द ढकाललाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष बाबुराम लोप्चनले बताए।

युएईमा गैर आवासीय संघ९एनआरएनए०युएईको क्युआरएफ नेपाली टिम र नेपाली समाज युएई अन्तर्गत बिभिन्न राजनितिक संयन्त्र लगाएत जिल्ला समाजको कोभिड १९ मुल समितिले लामो समय (करिब साढे दुइ महिना)देखि समस्यामा परेका झण्डै १५ हजार नेपालीहरुलाई राहत उपलब्ध गराइ सकेका छन्।

युएईकै आबुधावीमा गायक प्रकास पौडेल सहितको १४ जनाको टिमले ४ हजार भन्दा धेरै पिडित नेपालीहरुलाई राहत बितरण गरिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप