शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीमै यौनलिला गर्ने कर्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्‍यो निलम्बन

शुक्रबार, १९ असार २०७७, २१ : ००
शुक्रबार, १९ असार २०७७

इजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघकै गाडीमा यौनलिला रचेको भिडियो भाइरल भएपछि यस घटना संलग्न भएको अभियोगमा राष्ट्रसंघले आफ्ना दुई कर्मचारीलाई बेतलबी विदामा राखेको छ ।

संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो । 

यस १८ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्याधिक शेयर भएपछि संयुक्त राष्ट्रसंघले यसबारे छानविन सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यस भिडियो हेरेर आफु स्तब्ध र हैरान भएको प्रतिक्रिया दिएका थिए । 

भिडियोमा देखिएका पूरुषको पहिचान भएको र उनी ईजरायलस्थित राष्ट्रसंघको सैन्य पर्यवेक्षक संस्था युएन ट्रस सुपरभिजन अर्गनाइजेशन (युएनटिएसओ) अन्तर्गतका कर्मचारी रहेको राष्ट्रसंघले जनाएको छ । 

राष्ट्रसंघका अनुसार यस घटनामा संलग्न भएको अभियोगमा दुई व्यक्तिलाई निलम्बन गरिएको छ र अनुसन्धान समाप्त नभएसम्म उनीहरुलाई तलब मिल्ने छैन । 

राष्ट्रसंघले यौन दुव्यवर्हार गर्ने आफ्ना कर्मचारीविरुद्ध कडा नीति अख्तियार गरेको छ । नियम उल्लंघन गर्ने कर्मचारीलाई घर फिर्ता गर्ने वा राष्ट्रसंघले शान्ति अपरेशनमा प्रतिबन्ध लगाउन पनि सक्नेछ । तर, थप कानूनी वा अनुशासनको कारबाही गर्ने जिम्मेवारी उनीहरुकै देशको हुन्छ । 

संयुक्त राष्ट्रसंघका कर्मचारी र शान्ति अपरेशनमा गएका व्यक्तिहरुविरुद्ध पछिल्लो समय अनुशासन उल्लंघनका उजुरी परिरहेका छन् । एक रिपोर्टका अनुसार २०१९ मा संयुक्त राष्ट्रसंघका कर्मचारीहरुविरुद्ध यौन दुव्यवर्हारका १ सय ७५ उजूरी परेका थिए । 

यसमध्ये १६ वटा अभियोग प्रमाणित भए १५ वटा अभियोग प्रमाणित हुन सकेनन् । रिपोर्ट तयार हुँदासम्म बाँकी अभियोगमा अनुसन्धान चलिरहेको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले यौन दुव्यवर्हारविरुद्ध ‘शुन्य सहनशिलता’ को नीति अख्तियार गर्ने वाचा गरेका छन् । 

स्रोत बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप