शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा शुक्रबार मात्र ४ सय ८४ जनामा भेटियो कोरोना

शुक्रबार, १९ असार २०७७, २२ : २२
शुक्रबार, १९ असार २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ४८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा सक्रिय संक्रमित संख्या २ हजार ८३४ पुगेको छ । 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणबाट थप ४८४ जनामा संक्रमण पुस्टि भएको हो । यसअघि नै ५ सय ७२ संक्रमित निको भई घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १४२, त्रिभुवन बिश्वबिधालय महाराजगञ्ज प्रयोगशालामा ९६, पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान ललितपुरको प्रयोगशालाबाट २०७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालावाट ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ।

 पुष्टि भएका मध्ये कैलाली ३४ पुरुष,७ महिला,कंचनपुर २५ पुरुष,१४ महिला, अछाम १९४ पुरुष,३५  महिला रहेका छन् ।

त्यसैगरि डोटी २७  पुरुष, १० महिला ,बझाङ्ग ११पुरुष, ३ महिला , बैतडी ३७ पुरुष ,६ महिला , डडेल्धुरा २२ पुरुष,६ महिला र बाजुरा ४० पुरुष ,१३ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । 


प्रदेशमा हालसम्म २१ हजार ८८३ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १८ हजार ४७० मा नेगेटिभ आएको उनले बताए ।
३ हजार ३३१ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १४ हजार ४३२ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५१६, बैतडीका २७९, बझाङ्गका १३९ ,बाजुरा ३९०, डडेल्धुराका २५८, दार्चुलाका १७, डोटीका ५०९ , कैलालीका ९१५ र कंचनपुरका ३९० गरि ३ हजार ४१३ रहेका छन । जस्मा महिला ७७३ र पुरुष २ हजार ६४० संक्रमित फेला परेका हुन् । 
क्वारेन्टिनमा ७ हजार ४०० पुरुष र १ हजार ९९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आइसोलेसनमा शंकास्पद १६ र संक्रमित १०६ गरी १२२ जनाको उपचार भइरहेको छ ।

६८२ जना भने सामान्य उपचार पछि घर गईसकेका छन ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुरमा ४९, महाकालीमा १३, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकी को भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप