बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पौडी खेल्दा डुबेर २ युवाको मृत्यु

शुक्रबार, १९ असार २०७७, २२ : ४१
शुक्रबार, १९ असार २०७७

मोरङ । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप