शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारले तिरिदिए ७ परिवारको घरभाडा

शुक्रबार, १९ असार २०७७, २२ : ४६
शुक्रबार, १९ असार २०७७

कास्की । झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । शेरचनले ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको  अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएका हुन् ।

“बन्दाबन्दीले ज्यालामजदूरी गर्नेहरु निकै समस्यामा हुनुहुँदोरहेछ, बसिरहेको घरको भाडा बुझाउन नसक्दा समस्यामा परेको थाहा पाएर रकम उपलब्ध गराएकी हुँ” हस्तकलाका सर्जक शेरचनले भने, “कोही कसैलाई सहयोग गरेर प्रचार गर्नु राम्रो होइन तर एक जनाले शुरुआत गरेपछि अर्को सहयोगी मन पनि थपिने रहेछ ।”

उनले आफूले शुरुआत गरेपछि आफन्त एवं इष्टमित्रबाट पनि विपन्न परिवारका लागि केही रकम प्रदान भएको छ । “अहिलेसम्म सात परिवारको मासिक चारदेखि पाँच हजार रुपियाँसम्मको दुई महिनाको घरभाडा उनीहरु बसिरहेको स्थानमै गराएर उपलब्ध गरायौँ”, यसै वर्ष नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट हस्तकला विधामा राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका शेरचनले भने । 

बाढीपहिरो, भूकम्प, उपचारबाट वञ्चित, गरीब, दुःखी र असहायको सहयोगमा जुटिरहने शेरचनको संयोजनमा यसअघि बन्दाबन्दीले समस्यामा परेका पोखराका विभिन्न वडाका करीब ८० जनालाई राहत वितरण गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप