शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिए, मृतकको संख्या ३ पुग्यो

शनिबार, २० असार २०७७, १० : १६
शनिबार, २० असार २०७७

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या १ हजार ७९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयल प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा २ पुरुष थपिएका छन् । 

यस्तै बागलुङको बरेङ र ढोपाटनमा पनि २ पुरुष संक्रमित थपिएका छन् । यसैगरी म्याग्दीको रघुगंगामा २ र मंगलामा १ गरि ३ पुरुष संक्रमित थपिएका छन् । 

त्यस्तै, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, तनहूँको भिमादमा १ पुरुष र नवलपुरको देवचुलीमा ५ पुरुष र २ महिला गरि ७ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार बिहान मात्रै गोरखामा एक पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसअघि स्याङ्जाका दुई संक्रमितले ज्यान गुमाइसकेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप