शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा पहिरोले बस्ती नै बगायो, ७ जना पुरिएको आशंका

प्रहरी भन्छ, ‘तीनजनाको शव फेला परेको छ’
शनिबार, २० असार २०७७, १२ : १३
शनिबार, २० असार २०७७

बझाङ । अबिरल बर्षाका कारण बझाङ्गमा १७ घर बगाएको छ । गएराती  बर्षासँगै आएको पहिरोका कारण १७ घर बगाएसँगै पहिरोमा पुरिएका ३ जनाको शव फेला परेको छ ।

बझाङ्गको केदारस्युँ गाउँपालिका–८ मा रहेको बस्ती पहिरोले नै बगाएको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा एसएसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए । 

गएराती १ बजेतिर गएको पहिरोले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि स्थानीयको भागाभाग समेत भएको एसएसपी सिंहले बताए । 

बन्दीगाउँ खोला र जुलिगाउँ खोलामा पानी बढ्न गई खोला किनारमा रहेको गण्डकी बजारमा क्षति पुर्याएको खबर प्रहरीलाई स्थानीय उज्जल जेठाराले जानकारी गराएका थिए । 

जेठारका अनुसार पहिरोमा ७ जना बेपत्ता भएपनि तीनजनाको शव फेला परेको छ । पहिरोमा चार जना हराइरहेको जेठारको भनाइ छ । हराएका चारजनाको खोजी भइरहेको जेठारले बताए । 

बर्षाका कारण बाटो भत्किएकाले प्रहरी घटनास्थल पुग्न सकेको छैन् । इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र उक्त स्थान जाने बाटो अफ्ठ्यारो रहेको एसएसपी सिंहले बताए । 

उक्त स्थान पुग्न झोताबाट ३,४ घण्टा उत्तरतर्फ पैदल हिँड्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप