मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा चुनढुंगा बोकेको टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु

शनिबार, २० असार २०७७, १२ : १६
शनिबार, २० असार २०७७

बुटवल – प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्लाको नौबहिनी गा.पा. वडा नं. ७ लुप्लुङबाट चुनढुङ्गा बोकेर  दाङको कालाकाटे जाँदै गरेको  ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका वडा नम्बर ५ मोतीपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक नौबहिनी–६ पिपलटारी प्युठानका ३० वर्षीय रोशन थापा र सोही ठाउँका सह–चालक २४ वर्षीय झग बहादुर पुनको मृत्यु भएको कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । 

टिपर सडकबाट झन्डै ६ सयm मिटर तल खसेको थियो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप