शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘शाश्वत हिउँ’मा नेपाल र हिमाल : १२५ कविले लेखेका कविताको सङ्ग्रह

शनिबार, २४ भदौ २०७४, १० : ०५
शनिबार, २४ भदौ २०७४

काठमाडौँ - नेपाल, नेपाली, काठमाडौँ, यहाँका हिमाल, नदी यती, संस्कृति आदिबारे विश्वका पाँच महादेशका १२५ कवि तथा अन्य व्यक्तिले लेखेका कविताहरुको सङ्ग्रह ‘इटर्नल स्नो’(शाश्वत हिउँ) प्रकाशनमा आएको छ । 

निराला पब्लिकेशन नयाँ दिल्लीद्वारा प्रकाशित तथा कोलम्बिया विश्वविद्यालयका डेभिड बी अस्टेल र अक्रोन विश्वविद्यालयका क्याथलिन डी गालाघरद्वारा सम्पादित सङ्ग्रहमा कवि युयुत्सु आरडी शर्मासँग दश वर्षका बीचमा विश्वका विभिन्न ठाउँमा भएका भेट र उहाँले सुनाएका कवितापछि उत्प्रेरित भई नेपालबारे प्राध्यापक, वैज्ञानिक, समाजसेवी, फोटोग्राफर, पादरी, परिचारिका, योगशिक्षक आदिले लेखेका कविता प्रस्तुत गरिएका छन् । 

सङ्ग्रह शब्दका शक्तिले विश्वका विभिन्न संस्कृति र स्थानका मानिसलाई उत्प्रेरणा, साहस र एकीकरण गर्न सक्ने साक्षीका रुपमा आएको कवि शर्माले बताए । 

सङ्ग्रहमा नेपालका सिर्जना भण्डारी, रवेज्ञा जोशी, विश्व सिग्देल, अरुण बुढाथोकी, शिव भुसाल, गौरव भट्टराई, डोम काफ्ले वरुण वज्राचार्यका पनि कविता परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप