केन्द्रीय संस्करण

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

तुल्सीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.