शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इजरायलबाट ३९ जना नेपाली स्वदेश फर्किए

शनिबार, २० असार २०७७, १३ : ०४
शनिबार, २० असार २०७७

इजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साइप्रस हुँदै नेपाल फर्काइएको छ । 

केहीदिन पहिलादेखि उडान रद्ध भएपछि विभिन्न सरोकारवालाहरुसगँको निरन्तर छलफल पश्चात इजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको इजरायलस्थित नेपाली राजदूत डा अन्जान शाक्यले जानकारी दिइन् । 

 राजदूत शाक्यका अनुसार शुक्रवार विहान १०ः१५ बजे  इजरायलमा रहेका ३९ जना नेपालीहरुलाई  बेन गुरियन अन्तर्राष्टि«य  विमानस्थलबाट ईजरायली विमानबाट साईप्रस पठाएर फेरि साईप्रसमा रहेका नेपालीसँगै कतार एयरवेजबाट नेपाल फर्काइएको हो । 

उनले भनिन्, ‘साइप्रसका लागि कतारी विमानको क्षमता बढी भएको र इजरायलबाट थोरैले स्वदेश फर्कनका लागि भनेपछि सबैलाई एउटै जहाजमा मिलाएर एकै पटक पठाइएको हो ।’ साईप्रसमा धेरै नेपालीहरु स्वदेश फर्कनका लागि फारम भरेपनि अन्तिम समयमा थारैले जहाजको टिकट काटेको कारणले गर्दा  कतार एयरमा बढी सिट भएको र फेरि अर्को जहाज उडान गर्न नसक्ने भएकाले सबैलाई  समेटेर स्वदेश फर्काएको उनले बताइन् । 

 इजरायलबाट स्वदेश फकर्नेहरुलाई राजदूत अन्जान शाक्य, द्धितिय सचिव एवम् प्रवक्ता अर्जुन घिमिरे, श्रमसहचारी प्रदिप सागर, ईजरायलस्थित विभिन्न सामाजिक सघंसस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा बिदाई गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप