केन्द्रीय संस्करण

वित्तीय क्षेत्रमा कोभिड–१९ को प्रभाव, सम्भाव्य जोखिम र समाधान

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

-सन्तोष पौडेल

पृष्ठभूमि
डिसेम्बर २०१९ को अन्त्यतिर चीनको उहानबाट सुरु भई विश्वव्यापी माहामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा कहिलेसम्म रहन्छ, लामो समयसम्म यही अवस्था रहिरहेमा नेपालको अर्थतन्त्र के हुन्छ ? कुन भूगोल, कुनदेश कुन क्षेत्र, कुन उद्योग, पेसा वा व्यवसाय र समाजमा यसको प्रभाव बढी पर्छ ? कुन सकिन्छ ? कुन रहन्छ ? सर्वत्र अनिश्चितता छ । नेपालमा पर्यटन, यातायात, वैदेशिक रोजगारी, साना तथा मझौला उद्यम, पूर्वाधार विकास र व्यापार व्यवसाय जस्ता क्षेत्र बढी प्रभावित भएका छन् ।

भर्खरै जारी खोकुलो लकडाउनको नीतिगत उद्देश्य सरकारकै भाषामा मानवीय जोखिम कम गर्नु र अर्थतन्त्रलाई विस्तारै चलायामान गर्नु भए पनि उल्लेखित क्षेत्रहरुस“ग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका साना–ठूला, सङ्गठित–असङ्गठित सबै स्तरका उद्योगपतिहरु, साना मझौला व्यवसायीहरु र ज्यालादारीमा निर्भर मजदुरहरु दिशाविहीन छन्, चिन्तित छन्, आहात छन् र सरकारी  राहातको व्यग्र प्रतीक्षामा छन् । सरकार करतर्फ र आम जनता एवं व्यावसायीहरु सरकारतर्फ हेराहेर गर्दैछन् । सङ्कट विस्तारै चुलिएको छ ।

 समग्र देशको आर्थिक क्रियाकलापहरुमा देखिएको अनिश्चिततासँगै, नेपाली अर्थतन्त्रको मुटुको रूपमा रहेको र भर्खरै तङ्ग्रिँदैगरेको नेपालको समग्र बैङ्किङ प्रणालीमा समेत कोभिड–१९ जन्य केकस्ता धक्का एवं जोखिमहरु आउन सक्छन् र तिनीहरुको अल्पकालीन तथा दीर्घकालीन समाधान के हुन सक्छ ? यसमा केन्द्रित होऔँ । 

सम्भावित जोखिम तथा चुनौती 
क) तरलता जन्य जोखिमः 
हाल बैङ्कहरुमा लगानी गर्ने वातावरण नभएकाले निक्षेप बढ्दै गएको भए पनि कोरोनाको अनिश्चितता अरु ६ महिना लम्बिएमा व्यवसायी तथा आमनागरिकहरुको दैनिक आयआर्जनका बाटाहरु बन्द ह“ुदा बैङ्कमा बचत रकम जम्मा गर्नेभन्दा पनि बचत तथा कर्जा खाताबाट नगद झिकेर घरमाडा तिर्ने, कर्मचारीलाई तलब खुवाउने, कर तिर्ने तथा व्यक्तिगत घरखर्च चलाउने प्रवृत्ति आम मानिसहरुमा समेत देखिनसक्छ । फलत, विस्तारै बजारमा रकमको माग अनेपिक्षत रूपमा बढ्ने र बैङ्कमा भएको निक्षेपले माग पूरा गर्न नसक्ने स्थिति आई बजारमा तरलताको क्रमशः अभाव हुने देखिन्छ । 

ख) विप्रेषण आप्रवाहमा देखिएको गिरावटले ल्याउने जोखिम

 नेपाल राष्ट्र बैङ्कको सूचना स्रोतअनुसार नेपालको औसत विप्रेषण आप्रवाह ७५ विलियन रहेकोमा गत महिनाको तथ्याङ्क अनुसार यो रकम झन्डै आधाले घटेको छ । बैङ्किङ माध्यममार्फत प्राप्त भएको विप्रेषण आप्रवाहको यो प्रवृत्ति अध्ययन गर्दा विप्रेषणको रूपमा भित्रिने रकमको अधिकांश हिस्सा हालको अवस्थाले उपभोग्य वस्तुमा खर्च नहु“दा बैङ्किङ प्रणालिमा निक्षेपको रूपमा रहेकोभए पनि समयक्रममा यो रकम बाहिरिनेछ । तसर्थ वर्तमानमा विप्रेषण आप्रवाहमा कमी आउने निश्चित भएकाले बैङ्कको तरलता र निजी क्षेत्रतर्फको कर्जा प्रवाह लगायत अन्य विविध सूचकहरुमा यसको प्रतिकुल असर पर्ने जोखिम रहन्छ । 

ग) घरजग्गाको मूल्यमा सम्भाव्य गिरावटबाट हुन सक्ने जोखिम 
कोभिड–१९ को प्रभावको कारण अन्तर्राष्ट्रिय बजारमा घरजग्गाको मूल्यमा काफी गिरावट आएको छ र यससँगै अस्थिर बजार र चेन इफ्ेक्टको कारण नेपालमा पनि घरजग्गाको मूल्यमा गिरावट आएमा, ग्राहक, बैङ्क र धितो मूल्याङ्कनकर्ताहरु बीच असमझदारी बढ्ने मात्र नभई अन्ततः धेरै बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जाको सुरक्षामा समेत नकरात्मक असरपुग्ने प्रष्टै छ ।

घ) बैङ्कहरुको निष्क्रियकर्जा बढ्ने र नाफा प्रभाावितहुने जोखिमः करिब अढाई महिनादेखि उद्योग व्यवसाय बन्द छन् । तसर्थ अब पुनः व्यवसाय सञ्चालन गर्दा पनि उनीहरुको कार्यसञ्चालन खर्च बढ्ने तर वर्किङ क्यपिटलको अभाव हुने र नियमित उत्पादन तथा बिक्री वितरण कार्य प्रभावित हुने भई लामो समयसम्म यही अवस्था रहिरहेमा व्यवसायीहरुले बैङ्कको व्याज तथा किस्ता भुक्तानी गर्न नसकी बैङ्कहरुको निष्क्रिय कर्जा बढ्ने र नाफा प्रभावित हुने जोखिम देखिन्छ ।

ङ) बैङ्क क्रेडिट पोर्टफोलियो सम्बद्घ जोखिम 
वर्तमानको सङ्क्रमण लामो समयसम्म रहिरहेमा अर्थतन्त्रमा आउने मन्दीका कारण बैङ्कले धितोबापत धितो बन्धक राखेकोे ऋणीको सम्पत्तिको मूल्यमा आउनसक्ने फेरबदलले बैङ्कले यसअघि लगानी गरेको क्षेत्रगत कर्जामध्ये कसले तिर्छ कसले तिर्दैन, कसको धितोले काम गर्छ, कसको धितो अपुगहुन्छ अनि धितोको मङ्ल्याङ्न के हुन्छ, लगानीको कुन क्षेत्रमा कम वा कुन क्षेत्रमा बढी जोखिम हुन्छ, कुन क्षेत्र, कुन उद्योग, पेसा वा व्यवसायम रहन्छ र कुन बन्द हुन्छ ? सर्वत्र अनिश्चितता छ । यसै भन्न नसकिने अवस्था छ । यी सबै अवस्थाको पहिलो जबरजस्त असर बैङ्किङ प्रणालीमा बैङ्कहरुको क्रेडिट पोर्टफोलियोमा स्वतः पर्ने देखिन्छ । 

च) एसेट क्वालिटी डिटेरिओट हुने जोखिम

 राष्ट्र बैङ्कले बैङ्किङ प्रणालिमा प्रदान गरेको छुटका कारण विद्यमान एनपीएल १.८ प्रतिशत भएता पनि कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण असार मसान्तमा समेत बैङ्कहरुले उठाउनुपर्ने पाकेको सावाँ तथा व्याज उठाउन नसकी  ऋण असुलीमा समस्या उत्पन्न भएमा एनपीएल पुन ह्वात्तै बढ्ने, नाफा घट्ने र बैङ्कहरुको एसेट क्वालिटी डिटेरिओट  भएर जाने जोखिम प्रबल देखिन्छ । 

छ) प्रविधिजन्य सञ्चालन जोखिम
कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न लागू गरिएको घरभित्रै बस्नुपर्ने व्यवस्थाका कारण बैकिङ क्षेत्रका कर्मचारीहरुले पयाप्त सुरक्षाबिना घरबाटै आईटी प्रणाली चलाउँदा वा कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुने सन्दर्भमा अनलाइन प्रविधिमा कम अभ्यस्त कर्मचारी एवं ग्राहकहरुको अज्ञानताबस हुने असावधानीका कारण र अन्य लाइसेन्स प्राप्त अनलाइन वित्तीय सेवा प्रदायक कम्पनीहरुले समेत डिजिटल माध्यमको प्रयोगलाई बढवा दिइरहँदा, तुलनात्मक रूपमा सुलभ र मध्यमस्तरको सुरक्षा प्रणालीमार्फत सेवा प्रदान गरिरहेका बैङ्क तथा वित्तीय संस्थाहरु एवं अनलाइन वित्तीय सेवा प्रदायक कम्पनीहरुमा आईटी सुरक्षा एवं अनलाइन डिजिटलाइजेसन प्रविधिका सीमास“ग सम्बन्धित उच्च सञ्चालन जोखिम आउन सक्ने र आवश्यक सुरक्षा सावधानीका उपाय अपनाउँदा खर्चमा  उल्लेख्य वृद्घि हुने कुरा प्रायः सम्भव छ । यसका अलवा माहामारीका बीच सक्रिय अन्तर्राष्ट्रिय ह्याकरहरुका गतिविधिवाट समेत बैङ्किङ प्रणालीलाई सुरक्षित राख्नुपर्ने चुनौती नेपालको बैङ्किङ्ग क्षेत्रमा देखिन्छ । 

ज) मानवस्रोत व्यवस्थापनको जोखिम  
नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागमा कार्यरत उच्च अधिकारीको सार्वजनिक भनाइ अनुसार नेपालको बैङ्किङ प्रणालीमा लगभग सत्तरी हजार कर्मचारी कार्यरत छन् र जसमध्ये ९५ प्रतिशत कर्मचारी स्थायी छन् । विद्यमान् बैङ्किङ प्रणालिमा वा नेपालकै अर्थतन्त्रमा जस्तोसुकै प्रतिकुलता आए पनि बैङ्क तथा वित्तय संस्थाहरुले स्वेच्छिक अवकाशबाहेक अन्य अवस्थामा स्थायी कर्मचारीहरुलाई ‘ले अफ’ गर्न मिल्दैन । तसर्थ हरेक ए, बी, सी र डी स्तरका बैङ्क तथा वित्तय संस्थाहरुले कर्मचारी व्यवस्थापनमा गर्ने गरेको खर्च जो बैङ्कको जम्मा खर्चको लगभग एघार प्रतिशत जति छ भनिन्छ, बैङ्कहरुको उक्त खर्चमा हालको व्यवस्थाअनुसार कति पनि कमी आउने देखिँदैन । तर सानो सङ्ख्यामा करारमा रहेका कर्मचारीहरुलाई भने बैङ्कहरुले कटौती गर्ने र उनीहरुको रोजगारी गुम्ने खतरा देखिन्छ नै । यस अलवा बैङ्किङ प्रणालिको आईटीमा बढ्दो निर्भरतास“गै कतिपय बैङ्कमा मानव स्रोतको ठूलो हिस्सा आइडल रहने वा कामविहीन हुने सम्भावना पनी उत्तिकै छ । अर्कोतर्फ नाफा घटेको सन्दर्भमा कर्मचारीहरुले प्राप्त गर्ने आर्थिक एवं अन्य सुविधाहरुसमेतको कटौती हुनेहु“दा कर्मचारीमा आवश्यक उत्प्रेरणामा कमी आउनसक्ने तर्फ बैङ्क व्यवस्थापनले सोच्नुपर्ने देखिन्छ ।  

झ) बैङ्किङ प्रणालीको विगतमा कायम नाफा घट्ने जोखिम 
नेपाल राष्ट्रबैङ्कका प्रकाशित विवरणहरु अनुसार बैङ्क तथा वित्तय संस्थाहरुले गएको नौ महिनामा, उठ्न बाँकी व्याजसमेतको हिसाब गर्दा, ५२ बिलियन नाफा कमाइसकेको अवस्थाा छ । राष्ट्र बैङ्कले यो आपतकालीन घडीमा दिएको असार मसान्तसम्मको समयसीमामा समेत ऋणीहरुले बैङ्कलाई बुझाउनुपर्ने रकम नबुझाएमा नोक्सानी नै नभए पनि बैङ्किङ प्रणालीको नाफा स्वतः घट्ने देखिन्छ । जसले निजीक्षेत्रका लगानीकर्ता एवं अन्य सरोकारवालाहरुलाई निरास बनाउने सम्भावना व्यापक देखिन्छ ।

यसरी समग्रमा कोभिड–१९ को सङ्क्रमण सङ्कट अलि लामो समयसम्म रहिरह्यो भने, नेपाली व्यवसायीहरुको जोखिम नेपालका बैङ्क तथा वित्तय संस्थाहरुमा सर्ने र केही कमजोर ग्राहक आधार भएका बैङ्क तथा वित्तय संस्थाहरुमा बजारको मागअनुसार बचत फिर्ता गर्न असमर्थ भई नेपालको बैङ्किङ प्रणालीप्रति आम बचतकर्ताको विश्वास घट्ने र अहिलेको परम्परगत मोडालिटीमा बैङ्कहरुले काम गर्न नसक्ने अवस्था आउनेतर्फ सबै सरोकारवालाहरु सचेत हुनुपर्ने देखिन्छ । 

समाधनका उपायहरुः
(क) सबैभन्दा पहिला विशेष प्राथमिकता प्राप्त क्षेत्रहरु जस्तै कृषि, औषधि उत्पादक, वितरक एवं मेडिकल औजारहरु सप्लाई गर्ने फर्म तथा कम्पनीहरु, अस्पतालहरु, खाद्यसामग्री उत्पादक तथा वितरक कम्पनीहरुलाई प्रवाह हुने कर्जामा थप प्रोत्साहित गर्न नियमनकारी निकाय नेपाल राष्ट्र बंैकका तर्फवाट जारीगर्न लागिएको भनिएको छ । यसको सूक्ष्म निगरानीसम्बन्धी व्यवस्थामा तुरुन्तै पुनरावलोकन गरी कार्यान्वयका लागि निर्देशन जारी गर्नुपर्दछ र यस्तो व्यवस्थालाई बैङ्क तथा वित्तीय संस्थाहरुले तत्काल कार्यान्वयन गर्नु पर्दछ ।
(ख) नेपाल राष्ट्र बैङ्कले वर्तमानको विशेष परिस्थितिमा, बैङ्क तथा वित्तीय संस्थालाई आगामी असार मसान्तसम्मको उठाउनुपर्ने कर्जाको किस्ता सावाँ“ तथा व्याज आगामी असोज मसान्तभित्र उठाएर वार्षिक वासालत तयार पार्न सक्नेगरी आन्तरिक निर्देशन दिँदा बैङ्कहरुले आफ्ना ऋणीहरुलाई कम दबाबमा राख्दै उठाउनुपर्ने पाकेको व्याज एवं किस्ता नियमित गर्दै सन्तोषजनक कर्जा असुली  गर्न सक्नेछन् ।

(ग) गत वर्षको मैद्रिक नीतिमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक बैङ्कको शाखा पुग्नुपर्ने जस्ता कतिपय बाध्यकारी नियमका कारण कार्य सञ्चालन लागत ह्वात्तै बढेको अवस्थामा, बैङ्क तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने नीतिलाई व्यावहारिक रूपमा अझै सशक्त रूपमा अगाडि बढाउनसके बैङ्कहरुको कार्यसञ्चालन लागत प्रत्यक्ष रूपमा नै घट्ने र बैङ्कको व्यावसायिक क्षमता बढ्ने हु“दा बैङ्कको नाफामा सकरात्मक योगदान पुग्ने हुन्छ । 

(घ) अहिलेको सङ्कटमा बैङ्क तथा वित्तीय संस्थाहरुले कर्जा लिने ग्राहकहरुको हयान्डलिङमा विशेष ध्यान दिनुपर्दछ । प्रत्येक ठूला ऋणीहरु, जो कम व्याजदरमा कर्जा उपभोग गरिरहेका हुन्छन्, बारे अत्यन्त चनाखो भई उनीहरुको दैनिक हिसाब किताब वा ट्रान्जेक्सनहरुको नजिकबाट मूल्याङ्कन गरिरहनु पर्दछ । ठूला परिमाणमा कर्जा दिइएका ठूला ऋणी तथा ग्राहकहरुको व्यवसायलाई बैङ्कले बैङ्ककै आफ्नै व्यवसाय सरह सम्झी रेखदेख, हरसम्भव प्राविधिक एवं व्यावसायिक सहयोग र समुचित निगरानी गरिरहनुपर्दछ । अन्यथा ग्राहकको जोखिम बैङ्कमा सर्ने जोखिम रहिरहन्छ । साना र मझौला स्तरका ऋणीहरुको हकमा उनीहरुको कर्जाको आकारलार्ई नजरअन्दाज नगरी हरसम्भव  प्रत्येक ग्राहकको सम्पर्कमा जाने र उनीहरुको वास्तविक अवस्था केकस्तो छ । अहिलेको सङ्कटमा उनीहरुको व्यवसायमा बैङ्कले के कसरी सहयोग गरेमा बैङ्क र व्यवसायी दुवैलाई सहज हुन्छ त्यो पत्तालगाई सोही अनुसारको सुविधा वा कारबाही अगाडि बढाउनु पर्दछ । 

यसका अवला वर्तमान अनिश्चितता लम्बिँदै गएमा ग्राहकले बैङ्कमा धितो राखेको कुनै कुनै सम्पत्तिको बजार मूल्यमा भारी गिराबट आउनेतर्फ सचेत हुँदै बैङ्कले आफ्ना धितो मूल्याङ्कनकर्ताहरुमार्फत, कर्जा उठ्न समय लाग्ने क्षेत्रहरु पहिचान गरी, कतिपय अवस्थामा धितोको आवधिक निरिक्षण मात्र नभै पुनरमूल्याङ्कन गर्ने तथा ऋणीस“ग हरसम्भव थपधितो माग गरी बैङ्कको लगानी सुरक्षित गर्न पहल गर्नु अत्यावश्य देखिन्छ । यसरीे बैङ्कहरुले समयमा नै आवश्यक कदम चालेमा  बैङ्कहरुको क्षेत्रगत क्रेडिट पोर्टफोलियो जोखिम बढ्ने, कमसल, खराब, शङ्कास्पद वा निष्क्रियकर्जा बढ्ने र एसेट क्वालिटी डिटेरिओट हुने जस्ता भयानक जोखिमहरुबाट बैङ्क तथा वित्तीय संस्थाहरुलाई एकहदसम्म बचाउन सकिन्छ । 

ङ) बैङ्क तथा वित्तीयसंस्थाहरुको आई.टि सुरक्षा एवं अनलाइन डिजिटलाइजेसन प्रविधिका सीमास“ग सम्बन्धित उच्च सञ्चालन जोखिम कम गर्न र भुक्तानी प्रणालीलाई सुदृढ राख्न बैङ्कहरुले तत्कालै डिजिटलाइजेसन र  आईटी सुरक्षास“ग सम्बन्धी नेक्स्ट जेनेरेसन टेक्नोलोजीमा लगानी गर्न पर्दछ । वास्तवमा बैङ्क तथा वित्तीय संस्थाहरुले आईटी प्रणालीमा गरिने यस प्रकारको लगानीलाई माहामारीजन्य ठूलो सञ्चालन खर्चका रूपमा भन्दा पनि नेपालको बैङ्किङ प्रणालीलाई विकसित देशहरु सरहको सरल, सुलभ, सुरक्षित र विविध  सेवा प्रदान गर्न सक्ने पूर्ण डिजिटलाइज्ड बैङ्किङ प्रणालीमा रूपान्तरणगर्ने ठूलो र अति प्रभावकारी  अवसरको रूपमा लिनु धेरै सान्दर्भिक देखिन्छ । 
 
अन्त्यमा कोभिड–१९ कोे वर्तमान विषम परिस्थिति थप बिगँ्रदै गएमा नेपालको समग्र बैङ्किङ प्रणालीमा अकल्पनीय जोखिमहरु आउनसक्ने, बैङ्कहरु असफल हुने र देशको अर्थतन्त्र उदासीनताको चरणतर्फ बढी पूर्ण असफलतातर्फ मोडिने भएकाले वित्तीय अनुशासनलाई कठोरतापूर्ण पालना गर्दै जानुपर्छ । आन्तरिक संस्थागत तयारीलाई मजबुद तुल्याउँदै उत्कृष्ट अन्तराष्ट्रिय अभ्यासहरुलाई अनुसरण गर्दै नेपालको अर्थ वाणिज्य एवं वित्तीय क्षेत्रस“ग सम्बद्घ आम सरोकारवालासँग सहकार्य सुदृढ गर्दै अगाडि बढ्नु नै बैङ्क तथा वित्तीय संस्थाहरुको आजको सामूहिक कर्तव्य हुन आउँछ । सम्बन्धित सबैको ध्यान यतातर्फ पनि आकर्षण होस् । 

(लेखक नेपालको औद्योगिक एवं बैङ्किङ क्षेत्रका जानकार तथा अनुसन्धानकर्ता हुन् ।) 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.