शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बझाङ पहिरो अपडेट : मृतकको संख्या चार पुग्यो

शनिबार, २० असार २०७७, १३ : ५१
शनिबार, २० असार २०७७

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । यस्तै तीनजना अझै बेपत्ता छन् । 

पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शब फेलाको परेको उनको भनाइ छ ।  

यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताए । 

त्यस्तै २ वटा गाई, ३ भैसी र ८ वटा बाख्रा पनि भेटिएको छ । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता रहेको एसएसपी सिंहले जानकारी दिए । 

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । 

पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेको छ । 

पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोका कारण दुर्घटनामा परेको छ । दुर्घटनामा ३ सैनिक जावन घाइते भएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप