शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा खुल्ला व्यायामशाला

शनिबार, २० असार २०७७, १४ : ०८
शनिबार, २० असार २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायामशाला निर्माण हुने भएको छ । 
बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो ।  

केही दिनभित्र वडा नं. ८ दीपनगर चोकमा पहिलो खुल्ला व्यायाशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

दीपनगरमा निर्माण हुने व्यायामशालाका लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ ।  विभागका महानिर्देश डा.बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायमशालामा आवश्यक सामाग्री हस्तान्तरण गरे ।

उनी शारीरिक व्यायमको लागि चाहिने एक सेट उपकरणको मूल्य दश लाख रहेको जनाइएको छ ।  

विभागबाट प्राप्त सामाग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायामशाला सञ्चालनमा ल्याइने नगर प्रमुख घिमिरेले बताए ।
 शनिबार ती सामाग्रीको व्यायमशाला बन्ने स्थानमा प्रदर्शन समेत गरिएको छ । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा अन्य स्थानमा समेत खुल्ला व्यायमशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

प्रमुख बासुदेव घिमिरेले स्वस्थ नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायामशालाको अवधारण अगाडि बढाएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट  पारे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप