बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको खोकनामा प्रहरी र किसानबीच झडप

शनिबार, २० असार २०७७, १४ : १०
शनिबार, २० असार २०७७

शनिबार ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । 

झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ ।  प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए । 

किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन् । 

किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि खोकना क्षत्रेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । एसएसपी राईले भने, ‘उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि तनाव सिर्जना भएको हो ।’ 

द्रुतमार्ग अन्तरगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ । गत असार १५ को अवसर पारेर रोपाइ गर्न खोज्दा समेत स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप