महामारीलाई बेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ ।
विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सञ्चारकर्मीसँगको भेटमा स्थानीय समय अनुसार शुक्रबार राति बताए ।
उनले भने– ‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।’
विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने– ‘महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।’ उनले भने– ‘अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ । यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य सङ्कटलाई पनि वेवास्था गर्नु हुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’