बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२८ वर्षपछि जलार्पण यात्रा स्थगन

शनिबार, २० असार २०७७, १४ : ३३
शनिबार, २० असार २०७७

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा २८ वर्षपछि जलार्पण यात्रा स्थगन भएको छ ।
 
धामको मन्दिर व्यवस्थापन समितिले आज पत्रकार भेटघाटमा श्रावणी जलार्पण यात्रा र मेलाका कार्यक्रम बन्दाबन्दीका कारण नहुने जानकारी दिएको छ । धाममा विसं २०४९ को साउनबाट बोलबम यात्राको शुुभारम्भ भएको थियो । नेपालका विभिन्न जिल्लामा रहेका कालिगण्डकी, नारायणी, कोशी, वाग्मतीलगायतका नदीबाट जल ल्याई जलार्पण गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समतिका अध्यक्ष रामवली चौधरीले जानकारी दिए ।
 भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्डलगायतका स्थानबाट भक्तजन बोलबम धाममा आउने बताइएको छ । अध्यक्ष चौधरीले मन्दिरमा जलार्पण र दर्शन गर्ने व्यवस्था गर्न नसकेकामा दुःखी भएको उल्लेख गर्दै असुविधाप्रति क्षमा मागेका छन् । व्यासाचार्य किशोर गौतमले यो एउटा शास्त्रीय परम्परा भएको उल्लेख गर्दै भगवान् शिवको आराधना गरेको लामो परम्परा भएकाले कोटी रुद्र संहिताअन्तर्गत पार्वतीले शिव लिङ्गपुजन गरेको धार्मिक विश्वास भएको बताए ।

साउनमा देशभरका शिवपीठ र विदेशका शिवपीठमा समेत जल चढाइने बताइएको छ । मन्दिर व्यवस्थापन समितिले धाममा आउँदा अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम राख्नुपर्ने र मन्दिरभित्र भीडभाड र भेटघाट गर्नसमेत निषेध गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप