शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिमी र तिम्रो माया

शनिबार, २४ भदौ २०७४, १० : १४
शनिबार, २४ भदौ २०७४

कविता:
–इन्द्र थेगिम

बिहान उठ्दा
आफ्नै हातले बनाएको चिया....
अनि
कहिल्यै नरित्तिने तिम्रो माया.....
स्वच्छ लाग्छ मलाई ।
त्यसो त मलाई 
आजको दिन कस्तो रह्यो ?
भन्दा
तिम्रो दिन शुभ रहोस् 
भनेको आनन्द लाग्छ ।

जे होस् 
सम्झनाको खोकिलामा तिमी छौ....
अनि
कल्पी कल्पी रमाउने तिम्रो मायालु म छु....
भाग्यमानी ठान्छु आफूलाई ।
तेसो र त मलाई
आज तिमीले भात खायौ ?
भन्दा
नसोध्नमा आनन्द जाग्छ ।
सम्बन्ध तेसै तेसै नजिक लाग्छ ।

मध्ये चर्को घाममा,
आलु रोप्न भनी मल थुपार्ने तिमी....
अनि
हलगोरु होरी ! पछ् पछ् ! भन्दै फन्को मार्न लाउने म .....
खुब याद आउँछ मलाई ।
त्यसो त मलाई,
चुनाव मा ककसले जित्यो ?
भन्दा
कुनामा बसी दुनामा खाको रङ्ग लाग्छ ।
कम्तीमा हातमुख जोड्ने टेन्सन त भाग्छ ।

गोधुली साँझमा
अध्मरो ज्यानमा साहस भरिदिन आउँछौ जब तिमी....
अनि
अर्ध बेहोसीमै सँगै जिउने मर्ने सपना देख्न थाल्छु म पनि ...
पग्लिरहन्छु तिम्रो याद जलाई ।
तेसो त मलाई
बिहेको साइत कहिले जुराउँछौ ?
भन्दा
धन्न तिमी मसँग राजी छ्यौ ? भनेको सुन्न मन लाग्छ ।
निस्फिक्री भई तिम्रै नामको सिन्दूर लाउन रहर जाग्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप