शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जंगलमा २ युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

शनिबार, २० असार २०७७, १५ : ३१
शनिबार, २० असार २०७७

कैलाली । कैलाली जिल्लामा  शुक्रबार जंगलको एकै स्थानमा मृत फेला परेका दुई युवतीको मृत्युको कारण अझै खुल्न सकेको छैन । शुक्रबार १२ बजेको समयमा धनगढी उपमहानगरपालिका ७ स्थित मिलन सामुदायिक बनेको बेली भन्ने जंगलमा दुई युवतीको शव भेटिएको थियो । 

चुरे गाउँपालिका घर भै धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको त्यस जिल्लाका प्रहरी प्रमुख अनुपमशम्शेर जबराले जानकारी दिए । 

‘जंगलमा बिषादी फेला परेको र मुखबाट वोमिट आएको समेत देखिएको छैन’ जबराले भने, ‘कारण अझै खुल्न सकेको छैन ।’   घटनाको अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु आपसमा मिल्ने साथी रहेको प्रहरीको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप