बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा वडाध्यक्ष शर्मा कार्यालयमै परस्त्रीसँग भेटिएपछि...

वडाअध्यक्षको बचाउमा गाउँपालिका अध्यक्ष, स्थानीय आन्दोलित
शनिबार, २० असार २०७७, १६ : ०१
शनिबार, २० असार २०७७

सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् । असार १७ गते  त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग मध्यरातमा भेटिएपछि कारबाहीको माग गर्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।

श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले सोही दिन पनि घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

महिलालाई वडाध्यक्षले वडा कार्यलयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाइदिएपछि प्रहरीले रातको एक बजे महिलासहित वडाध्यक्षलाई इलाका प्रहरी कार्यालय लुहाम पु¥याएको थियो । वडाध्यक्षले वडा कार्यालयमा तोडफोड भएको भन्दै खबर गरेपछि प्रहरी आएको थियो ।

को हुन् वडाध्यक्ष ?

त्रिवेणी गाउँपालका–४ का वडाध्यक्ष छविलाल शर्मा लुहाममा बस्छन् । श्रीमती र दुई छोरासँग लुहाममा बस्दै आएका वडाध्यक्षका बा–आमा भने फलाबाङमा बस्छन् ।

लामो समयदेखि लुहाम बजारमा खाद्यन्न, किराना, गल्लाको व्यापार गर्दै आएका शर्मालाई नेपाली काँग्रेस सल्यानले स्थानीय तहको निर्वाचनमा टिकट दिएपछि वडाध्यक्षमा बाजी मारेका थिए ।

असार १७ गते घटना हुनको दिन राती उनी फलाबाङमा रहेका बा–आमालाई भेट्ने भन्दै केरा लिएर हिँडेको पारिवारिक स्रोतले बताएको छ । 

स्थानीय आन्दोलित

सार्वजनिक पदधारण गरेको व्यक्तिले खुलेआम वडा कार्यालयमै यौनजन्य क्रियाकलाप मच्चाउँदा कारबाही गर्नुको साटो प्रहरीले उल्टै छाडेको भन्दै आन्दोलनमा उत्रिनुपरेको ४ नम्बर वडा सदस्य सीता बस्नेतले जानकारी दिइन् ।

स्थानीयले ४ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा सयौंको संख्यामा स्थानीय पुगेर दबाब समेत दिएका छन् ।

अध्यक्षको राजीनामा र कारबाही नहुँदासम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने स्थानीयले बताएका छन् ।

गाउँपालिका अध्यक्षद्धारा घटनाको बचाउ

त्रिवेणी गाउँपालिका अध्यक्ष मानबाहादुर डाँगीले जनताका जनप्रतिनिधी राती १२ बजे पनि  कसैको घर जान पाउने भन्दै घटनाको बचाउन गरेका छन् ।

‘जनताका जनप्रतिनिधि दुःख बिमारी पर्दा राती १२ बजे पनि कसैको घरमा जान पाउँछन् । गाउँपालिका अध्यक्ष डाँगीले भने– ‘वडाध्यक्ष कसैको घरमा त गएका छैनन् । वडा कार्यालयममा कुनै मान्छे सहयोग माग्न आउँदा अरुलाई किन आपत्ति ?’

घटनाको पिडित मान्छे अहिलेसम्म आफूले नभेटाएको भन्दै नेकपाले नै यसलाई मुद्दा गराएको आरोप अध्यक्ष डाँगीले लगाए ।  अध्यक्ष डाँगी विभिन्न व्यक्तिले लेखेको स्टाटसमा पनि झुरिएका छन् ।

के भन्छ प्रहरी ?

यता जिल्ला प्रहरी कार्यालय सल्यानले वडध्यक्षका विरुद्ध मुद्दा दर्ता भएकाले अनुसन्धान सुरु गरेको जनाएको छ । ‘वडाध्यक्ष छविलाल शर्माकाविरुद्ध वडा कार्यालयमै यौनजन्य कृयाकलाप गरेको भन्दै असार १८ गते दिउँसो ४ बजे मुद्दा दर्ता भएको छ,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले भने– ‘यो मुद्दा सिडियोसाबले हेर्ने भएकाले अनुसन्धान भइरहेको छ ।’

घटनाको अनुसन्धानका लागि फलाबाङमा रहेको वडा कार्यालयमा प्रहरी पुगेको छ । घटनाको  अनुसन्धानका लागि वडाध्यक्षलाई नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप