बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि अश्रुग्यास प्रहार

शनिबार, २० असार २०७७, १६ : २८
शनिबार, २० असार २०७७

गोरखा । गोरखामा कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा  स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए ।बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित  भएका हुन् ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले शनिबार दिउँसो सहिद लखन गाउँपालिका–१ को लुदीखोला दोभानमा शव व्यावस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । 

अहिले शव व्यवस्थापनको लागि खाल्डो खन्ने काम भइरहेको र केही समयपछि शव व्यवस्थापन गरिने स्थानीय बासिन्दा राजेन्द्र न्यौपानेले रातोपाटीलाई बताए ।

उनले गोरखा नगरपालिकाभित्र खाली जमिन नभएपछि शहिद लखन गाउँपालिकाको लुदीखोला दोभानमा शव व्यवस्थापन गर्न लागिएको बताए ।

१० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाइ छ । 

कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार  बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप