सुदूरपश्चिम प्रदेश : थप १० जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २० असार २०७७, १६ : ५९
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप १० जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परिक्षणमा ४ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएका मध्ये अछाम चौरपाटीका २६ बर्षिया १ महिला, दशरथचन्द बैतडीका ५० बर्षिया १ महिला , डोटीका १८, ३०, २५, बर्षका ३ पुरुष रहेका छन् । त्यसैगरी कैलाली धनगढीका ३१ वर्षका १ जना पुरुष, कञ्चनपुर महाकालीका ३४ र २१ बर्षका २ जना महिला र २७ र १८ वर्षका २ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना