बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह

शनिबार, २० असार २०७७, २१ : ०९
शनिबार, २० असार २०७७

विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

 समितिद्वारा सिंहदरबारमा आज आयोजित रुकुम घटनाबारे छलफलमा दलित समुदायका नेताहरुले रुकुम हत्या जातीय आधारमा भएको र दोषीहरुलाई राजनीतिक संरक्षणबिना हदै सम्मको कारवाही गर्न अनुरोध गरेका हुन् । सोही अवसरमा संयोजन पौडेलले सोती घटनामा संलग्नहरुलाई हदैसम्म कारवाही हुने गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रस्ट पारे । 

    संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढङ्गबाट अध्ययन भएको बताउँदै दोषीहरुलाई कानूनबमोजिम कारवाही हुने बताए । सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको बताउँदै उनले हदै सम्मको कारवाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे । हत्याको चौतर्फी विरोध भएपछि सरकारले जेठ २६ गते सत्यतथ्य छानबिनका लागि नौ सदस्य समिति गठन गरेको थियो । समितिले रुकुम हत्या प्रकरणको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने गरी काम गरिरहेको छ । 

    सोही अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक जीवन परियारले नरसंहारयुक्त घटनालाई राजनीतिकरण गरेर दोषीहरु उम्काउन खोजिएको आरोप लगाए । यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै पाँचजना उनका साथीहरुको पनि हत्या गरिएको थियो । सो घटनाको विरोधमा दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप