बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुरुङ फिल्मकर्मी भन्छन्- ‘अब लयमा फर्किन्छौं’

शनिबार, २० असार २०७७, २२ : २५
शनिबार, २० असार २०७७

पोखरा । उसै पनि नेपाली फिल्मका भन्दा कम दर्शक । हलसम्म दर्शक तान्नै गाह्रो ! हो,जसोतसो फिल्म बनाईं हाले पनि चलाउनकै सास्ती । अझ,कोरोना महामारीले त मनोरञ्जन उद्योग शून्यप्रायः छ । फिल्म निर्माणका काम ठप्प हुँदा कलाकर्मी फुर्सदिला बनेका छन् । रोजीरोटी नै खोसिएपछि यो क्षेत्रका कलाकर्मी पलायन हुने अवस्थामा पुगेका छन् । 

यो विषम परिस्थितिबाट पार लगाउन गुरुङ फिल्म एशोसियसनले (जिफान)ले आफ्नो भाषाका छोटो फिल्म बनाउने भएको छ । एशोसियसनका अध्यक्ष भोज गुरुङकाअनुसार आफ्नो २५ औं रजत जयन्तीको छेकोमा यो निर्णय गरेको हो । ‘कोही पनि कलाकर्मी यो क्षेत्रबाट पलायन नहोउन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने– ‘यही अवस्था कहिलेसम्म हो भन्ने थाहा पनि छैन । त्यसकारण हाम्रै संस्कृतिमा आधारित सर्ट मुभीहरु बनाउन सुरु गछौं ।’ छोटो फिल्ममार्फत रोजीरोटी नै खोसिने अवस्थामा पुगेका श्रमजिवी कलाकर्मीलाई लयमा फर्काउने उनले सुनाए । 

लकडाउन अघि छायाँकन सकाएर प्रदर्शनको मिति नै तय भइसकेका कैयौं फिल्म यत्तिकै थन्किएर बसेको उनको भनाई छ । लकडाउनले गुरुङ फिल्मका कलाकर्मीदेखि लगानीकर्ता समेतलाई ठूलो क्षति पु¥याएको उनले बताए । ‘यो घडीमा गुरुङ चलचित्रका निर्माता लगानीकर्ताहरुको करिब १ करोड ५० लाख लगानी फ्रिज भएको अवस्था छ ।

त्यसैगरी कलाकार, प्राविधिक, निर्देशक, निर्माता गरी ३०० जना गुरुङ चलचित्रकर्मीहरु बेरोजगार भएका छन्,’ उनले भने, ‘अझै पनि यो स्थिति सामान्य हुने निश्चित छैन । यो विषम परिस्थितिमा हामीले गुरुङ चलचित्र क्षेत्रलाई चलायमान गर्न कोरोना भाइरसपछि अन्य देशहरुले गरेका अभ्यासलाई अध्ययन गरि विकल्पको रुपमा तमु लघु चलचित्रहरु निर्माण गर्ने र त्यसका लागि विभिन्न व्यक्ति बिशेष तथा संघ संस्थाबाट आर्थिक सहयोग जुटाउँदै गुरुङ चलचित्र क्षेत्रलाई क्रियाशील बनाई राख्न एउटा प्रयासको सुरुआत गरेका छांै ।’

गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त सँस्कृति, आफ्नै कानून, मूल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै छोटो फिल्म बनाउने र दैनिकी जीविकोपार्जनमा समस्या परेका श्रमजिवी कलाकर्मीलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई यसै क्षेत्रमा निरन्तर क्रियाशिल रहन प्रेरित गर्नु सर्टं फिल्म बनाउनुको मुख्य उद्देश्य रहेको उनले सुनाए । 

यो अवधिमा ३०÷२५ वर्ष भित्र बनेका गुरुङ चलचित्रहरुको पुनरावलोकन गर्दै अब बन्ने चलचित्रहरुको शैली तथा कथा लेखन मा रचनात्मक सुधार खोज्ने उनले जिकिर गरें । छोटो फिल्म निर्माणबाट ४० प्रतिशत समुदायमा मात्र सिमित गुरुङ चलचित्रको दायरा फराकिलो पार्न स्वदेश तथा विदेशमा तमु चलचित्रहरुको महोत्सव गर्ने लगायतका उद्देश्य रहेको उनको भनाई छ । 

गुरुङ फिल्म एशोसियसन २०६५ मा पोखरामा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को विधिवत स्थापना भएको थियो । २०५२ मा रोधी साँस्कृतिक समूहबाट निर्मित पहिलो गुरुङ चलचित्र ‘पाते’बाट निर्माण सुरु भई हालसम्म आउँदा जिफानसँग सम्बन्धित १४४ वटा फिल्म निर्माण गरिसकेको छ ।  फिल्मलाई थप मजबुत बनाउने लक्ष्य लिएर अघि बढिरहेका बेला कोरोना महामारीले मारमा परेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप