बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आइतबारको मौसम पूर्वानुमान

आइतबार, २१ असार २०७७, ०७ : ३५
आइतबार, २१ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । 

यसैगरी, महाशाखाले बिहानको मौसमको अवस्थाबारे समेत जानकारी दिएको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।      
 
महाशाखाले आइतबार दिउँसो  देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरेको छ । 
 
यसैगरी, महाशाखाले आइतबार राति देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जानकारी दिएको छ । 

भने, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप