शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साधना लघुवित्तको आईपीओ आजदेखि, ६६ हजारले शेयर पाउने

आइतबार, २१ असार २०७७, ०८ : ४९
आइतबार, २१ असार २०७७

काठमाडौं । साधना लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । साधनाको करिब ६ लाख ६१ हजार कित्ता शेयरका लागि बिहान १० बजेदेखि आवेदन खुला हुन लागेको हो । उक्त शेयर असार २४ गते कार्यालय समयसम्म आवेदन दिन पाइनेछ ।

गोरखामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको इजाजतप्राप्त उक्त कुल शेयर पुँजीको ३२.५० प्रतिशतले हुन आउने ७ लाख ७ हजार ८ सय कित्ता शेयर साधारण निष्कासनको लागि खुला गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्ताको आरक्षण छुट्टाएर ६ लाख ६१ हजार ५ सय  २० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

शेयर बाँडफाँटको विद्यमान प्रणालीअनुसार उक्त शेयर प्रत्येक आवेदकलाई १०–१० कित्ताका दरमा दिइनेछ । सोही कारण ६६ हजार १ सय ५२ आवेदकले गोला प्रथामार्फत् उक्त शेयर प्राप्त गर्नेछन् ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य सामान्यतया उच्च रहेको तथा साधनाको गतवर्षको अवस्था समेत राम्रो भएकोले यो लघुवित्तलाई आकर्षक कम्पनीको रुपमा हेरिएको छ । अघिल्लो वर्ष साधनाले प्रतिशेयर २५ रुपैयाँ ४५ पैसा नाफा कमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप