केन्द्रीय संस्करण

हाम्रो संस्कृतिमा ककुरहरु !

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

गाउँबस्तीमा भुस्याहा कुकुरहरु पहिले पनि थिएनन् । जति थिए घरपाला नै थिए । सबै घरपाला पनि पूर्ण घरपाला थिएनन् । आंशिक थिए । घरमा परिवार कति छन् तीमध्ये प्रौढजतिले आफु खाना खाएर चुठ्न निस्कँदा एक गाँस ढिँडो दिन्थे । कुकुरले बाहिरतिर जे भेटिन्छ खाएर पेट भर्थ्यो । अरु केही नपाए मानिसले बाटोको छेउछाउ हगेका दिसा खाएर गुजारा गर्थ्यो । यस्तो दयनीय गुजारा हुँदा पनि घरपाला कुकुरहरु आफुलाई गाँसबास दिने घरको पहरा दिन्थ्थे । अपरिचित आउँदा भुक्थे । अटेर गरे टोक्थे । कुकुर पालेका घरमा चोरको डर हुन्थेन । उता बारी कुँडारमा बाँदर आयो भने फाल छोडेर भुक्दै जाइलाग्थे । धपाउँथे । रातभरि घरको दलानमा बसेर भुक्थे. । चितुवा आयो भने खाटमुनि लुक्दै भुक्थे । घरभित्र, धनसारभित्र सुरक्षित बास पाएकोछ भने त्यतैबाट भुक्थे । गाउँमा गरीव घरहरुले आफ्ना आसे गाँसे कुकुरलाई राति घरभित्रैे सुरक्षित सुत्न दिन्थे । ठुलाघरेहरु धनसारभित्र ठाउँ दिन्थे । कतिका धनसार थिएनन् । घरभित्र राख्ने रुचि पनि थिएन । तिनीहरु कुकुरलाई राति घरबाहिरै छोडिदिन्थे । भोटे कुकुर, दोरङ्गे कुकुर घाँटीमा फलामका जन्जीर बाँधेर छोडिएका कुकुर छन् भने राति बाघसित पनि लाप्पा खेल्थे । कुस्ती सुनेर निद्रा खुलेका आँटी घरपतिहरुले ढोका खोलेर चिच्याएपछि बाघ भाग्थ्यो । घरका कलिला बाच्छापाडा पनि जोगिन्थे. । गाउँमा एउटा कथा पनि थपिन्थ्यो । अन्यथा घर बाहिर छोडिएका साधारण कुकुरहरु चितुवाको सुलभ सिकार बन्थे । चितुवाले समातेपछि  क्याङ्ल्याङ् गर्नुभन्दा बढी विरोध सर्वसाधारण कुकुरको  क्षमतामा थिएन । विना विरोध ज्यान दिन्थे गाउँबस्तीका कुकुरहरु । गाउँबस्तीका जानिफकारहरुमै पनि आफुलाई पहरा दिने कुकुरलाई गाँसबासको पर्याप्त सुविधा दिने सोचसमझको लगभग अभाव नै थियो  ।


चौँरीगोठ र भेडीगोठका जखमले भोटे कुकुरहरुको पराक्रम कथा अलि अर्कै थियो । । यिनीहरु बाघ ब्वाँसा धपाउनकै लागि पालिन्थे । घाँटीमा फलामका काँडावाल जन्जीर लाएर छोडिएका यी कुकुरहरु दिनभरि भेडा र चौंरीको रखवारी गर्थे । ब्वाँसा लखेट्थे । रातभरि गोठ घुमेर सुरक्षा दिन्थे । त्यति वेला कुनै अपरिचित मानिस यी यस्ता कुकुरका अगाडि पुग्यो भने त्यसको ज्यान जान  पनि सक्थ्यो । साँच्चै यमदूत भन्न लायक हुन्थे यी जङ्गी कुकुरहरु । 


चौँरीगोठ र भेडीगोठका जखमले भोटे कुकुरहरुको पराक्रम कथा अलि अर्कै थियो । । यिनीहरु बाघ ब्वाँसा धपाउनकै लागि पालिन्थे । घाँटीमा फलामका काँडावाल जन्जीर लाएर छोडिएका यी कुकुरहरु दिनभरि भेडा र चौंरीको रखवारी गर्थे । ब्वाँसा लखेट्थे । रातभरि गोठ घुमेर सुरक्षा दिन्थे । त्यति वेला कुनै अपरिचित मानिस यी यस्ता कुकुरका अगाडि पुग्यो भने त्यसको ज्यान जान  पनि सक्थ्यो । साँच्चै यमदूत भन्न लायक हुन्थे यी जङ्गी कुकुरहरु ।     यी जङ्गी भोटे कुकुरहरुको देशविदेशमा चल्तीको नाम तिब्बतियन मास्तिफ रहेको मैले केही वर्षअघि मात्र थाहा पाएँ । हिजोआज तिब्बतियन मास्तिफ धेरै महँगा कुकुरमा पर्दारहेछन् । पचास वर्षअघि गाउँमा रहँदा मैले मात्र पाँच पाथी धान दिएर त्यस्तो भोटे कुकुरको घुतुमुने छाउरो किनेको थिएँ । हुर्काउन सकिएन ।

प्रायः गाउँबस्तीहरुमा यात्रा साइतमा कुकुरले तुर्तुर् पिसाप गर्दै सामुन्नेतिर गयो भने चिताएको पुग्छ भन्ने जनविश्वास व्यापकजस्तै थियो । पण्डित पुरेत ज्योतिषीहरु घरबाट निस्कँदा र घरभित्र पस्दा कुकुरका कुन कुन क्रियाकलापहरु कुन कुन अर्थमा सार्थक हुन्छन् ती सवै चम्की चम्की  बखान गर्थे । कुकुरहरु यमराजका दूत हुन् भनिन्थे । सर्वसाधारण सनातनीहरु बिहान खाना खानुअघि गाइ, कुकुर र कागलाई एक गाँस खान दिनुपर्छ भन्थे । चौथाइ गाँस पनि नपुग्ने भातका सिता पातमा राखेर गाइलाई गोठमा र काग कुकुरलाई आँगन छेउमा टस्काउन पुग्थे । बर्षको एक पटक कुकुर तिहार आउँथ्यो । त्यसदिन सनातनी पुरेतपण्डित र साधारण किसान जन समेतले आफआफ्ना घरपाला कुकुर भए त्यसैलाई र नभए छिमेकीका कुकुरलाई बोलाएर निधारमा टीका, घाँटीमा फुलको माला लगाइदिन्थे र दुनामा दुई गाँस भात राखेर आँगनछेउमा बडो गौरवसाथ कुकुरभोजनको आयोजना गर्थे ।

पाँच दशकअघिसम्म काठमाडौ उपत्यकामा कुकुर पाल्ने घर अति नै नगण्य थिए । केलटोलका सुन व्यवसायी शाक्यहरुका घरमा सिट्जु, ल्हासा एप्सो लगायतका तिब्बतियन साना कुकुरहरु पालिएका हुन्थे । पकनाजोल ठमेल क्षेत्रभरीमा केवल भूपी शेरचनका घरमा जर्मन शेफर्डकुकुरहरु पालिएका देखिन्थे । ठमेल चोकै निरका दुइटा मासुपसलमा बेच्ने मासु राखेको टेवुलमै च्यापु अड्याएर पनि मासुमा नलोभिई बस्न सकेका तिब्बती फुच्चे कुकुरहरु शहरी बटुवाका पनि आकर्षण केन्द्र हुने गर्थे । शहरमा अहिलेजस्तो जताततै सुकुम्बासी कुकुरहरु हुन्थेनन् । वागमती, विष्णुमती शेषमती लगायत खोलाका किनारमा स्यालहरु भने यत्रतत्र भेटिन्थे । रातसाँझ एकलास र एक्लै परेका बटुवा भेटे आक्रमण पनि गर्थे । काठमाडौमा कुकुरकोभन्दा स्यालको डर थियो ।


अहिले अवस्था फेरिएको छ । गल्लीगल्लीमा र सडकसडकमा बग्रेल्ती घुमन्ते सुकुम्बासी कुकुरहरु छन् । आबारा कुकुरहरु छन् । भुस्याहा कुकुरहरु छन् । नगरपालिकाबाट ‘सामुदायिक’ नामाकरण पाएर पनि समुदायको अपनत्व नपाएका अपमानित कुकुरहरु छन् । पुस्तौं बितेर पनि र राजधानी नगरकै बासिन्दा भएर पनि अहिलेसम्म तिनले नागरिक पहिचान पाएका छैनन् । सामान्य ‘रैथाने’ पहिचान सम्म पनि नपाएका कुक्कुरहरु शहरमा बग्रेल्ती छन् ।


अहिले अवस्था फेरिएको छ । गल्लीगल्लीमा र सडकसडकमा बग्रेल्ती घुमन्ते सुकुम्बासी कुकुरहरु छन् । आबारा कुकुरहरु छन् । भुस्याहा कुकुरहरु छन् । नगरपालिकाबाट ‘सामुदायिक’ नामाकरण पाएर पनि समुदायको अपनत्व नपाएका अपमानित कुकुरहरु छन् । पुस्तौं बितेर पनि र राजधानी नगरकै बासिन्दा भएर पनि अहिलेसम्म तिनले नागरिक पहिचान पाएका छैनन् । सामान्य ‘रैथाने’ पहिचान सम्म पनि नपाएका कुक्कुरहरु शहरमा बग्रेल्ती छन् । यिनहिरु मुलुकका ठुला बडा शासक प्रशासकहरुलाई न्यूनतम रकम पनि घुस दिन सक्दैनन् । यी बिचरा सडकछापहरु आफै गरीव छन् । तर पनि दिउँसो आफ्ना क्षेत्रमा गरीबगुरुवा मनुवा देखे भने रिसाएर भुक्छन् । टोक्छन् । राति टोलबाहिरका कोही मनुवा टोलमा पसे भने भुक्छन् । कति सडककुकुरहरु त  खतरनाक टोकन्ते पनि छन् । बटुवालाई टोक्छन् । आफ्नो क्षेत्रबाहिरका कुकुर देखिए भने अझ  बढी भुक्छन् । लखेट्छन् । दन्तबझान र दन्तयुद्ध गर्छन् । कुकुरका कारण शहरका सडकगल्लीहरुमा गाडी दुर्घटना पनि प्रायः भइ नै रहन्छ । यसरी आज सुकुम्बासी कुकुरहरु विभिन्न भेषमा नेपालको तराइदेखि राजधानी शहरसम्म छिरेर व्यापक बनेका भारतीय जोगी, मगन्ते, अपाङ्ग र नवनागरिकताधारी लगायतका विभिन्न बहानाबासी जत्तिकै यत्रतत्र सर्वत्र उपस्थित भेटिन्छन् । यिनको यस्तो उपस्थिति नागरिक जनजीवनका लागि भयङ्कर समस्या बन्दै गएको छ ।

यता केही वर्षमै शहरमा सम्भ्रान्त कुकुरहरुको सङ्ख्या पनि ह्वात्तै बढेको छ । यी सम्भ्रान्त कुकुर महोदयहरुमा युरोपेली, अमेरिकी, अफगानी, जापानी, भारतेली र चिनियाँ सबै छन् । विविध जात र जनजातका छन् । सामान्य महँंगा र धेरै महँंगा छन् । लाग्छ, शहरगल्लीका धेरैजसो घरहरु अहिले कुकुरशासित छन् । यसैले ठुला बडा घरका मुल ढोकामा ‘कुकुरदेखि सावधान’ लेखेको देख्न पाइन्छ । मानौं ती घरहरु कुकुरका हुन् अथवा कुकुर शासित घरहरु हुन् । बिहान बेलुकी घरघरबाट आआफ्ना माननीय एवम् श्रद्धेय कुकुर डो¥याएर सडकगल्लीमा निस्कने कुकुरठालाहरु छ्यास्छ्यास्ती देखिनु त आजको शहरी जविनको उल्लेखनीय प्रगति नै हो । शहरी सभ्यतामा देखिएको सुख समृद्धिको छलाङ् नै हो । यी विदेशी सम्भ्रान्त कुकुरहरु दरबार, महल र विविध रङ्गरन्जित घरहरुमा मात्र छैनन् ,सेनामा र प्रहरीमा पनि छन् । आफ्नो छुट्टै पहिचान बनाएर ससम्मान जागीर खाइबसेकाछन् । मुलुकका भीआइपीहरुको सवारीमा सुरक्षा प्रत्याभूति प्रमाणित गर्ने भरपर्दा व्यक्तित्वहरु यिनै हुन् । इमानदारीसाथ सँुघेर अपराधी पत्ता लगाउने व्यक्तित्वहरु यिनै हुन् । यस वर्गका विदेशी कुकुरहरु सिकार खेल्नमा खप्पीस हुन्छन् । नेपालमा जङ्गल मासिइसकेको छ । जथाभावी सिकार अनुमत पनि छैन । तर पनि कानुनको काँडाले नकोर्र्ने बावुसापहरु त जब्बर कुकुरहरु लिएर सिकारमा निस्केका भेटिनु पर्ने हो । प्रायः भेटिँदैनन् ।


हामीकहाँ गाउँ बस्ती र शहरमा यत्रतत्र यति धेरै स्वदेशी कुकुरहरु छन् र पनि यहाँ रहस्यदर्शी कुकुरहरु किन छैनन् ? गवेषणासक्षम कुकुरहरु किन छैनन् ? हामी हाम्रा यहीँका गरीव कुकुरहरुलाई सिकाएर सधाएर रहस्यदर्शी तथा अनुसन्धान–कुशल बनाउन र जागीर दिन किन सक्दैनौँ ? कारण थाहा छैन । किनभने यसबारे हामीमध्ये कसैले गहिरिएर अध्ययन अनुसन्धान गरेकै छैन ।


हामीकहाँ गाउँ बस्ती र शहरमा यत्रतत्र यति धेरै स्वदेशी कुकुरहरु छन् र पनि यहाँ रहस्यदर्शी कुकुरहरु किन छैनन् ? गवेषणासक्षम कुकुरहरु किन छैनन् ? हामी हाम्रा यहीँका गरीव कुकुरहरुलाई सिकाएर सधाएर रहस्यदर्शी तथा अनुसन्धान–कुशल बनाउन र जागीर दिन किन सक्दैनौँ ? कारण थाहा छैन । किनभने यसबारे हामीमध्ये कसैले गहिरिएर अध्ययन अनुसन्धान गरेकै छैन । त्यस्तो आवश्यकताबोध भएको पनि छैन । आयातमुखी राजनीतिक संस्कृतिका बीच विदेशी कुकुरहरुको आपूर्ति राम्रो छ । राम्ररी काम चलेको छ । कतै कुनै कमी महसुस भएको छैन । आवश्यता नै नभएपछि आविष्कार कसरी ?

 नेपालमा कुकुरपात्री लोककथाहरु छन् । पौराणिक  कथाहरु छन् । उखानतुक्काहरु छन् । कुकुरसम्बन्धी  आस्था र विश्वासहरु छन् । मान्यताहरु छन् । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । शिवका वाहन भनिएका गोरुहरुको काठमाडौ उपत्यकामा जुन दुर्दशाा छ त्यत्तिकै दुर्दशा सडक कुकुरहरुको अझै छैन । शिकार गर्दा आपसमा मिलेर सहकार्य गर्ने र खाने बेला टोकाटोक झगडा गर्ने कुकुरको स्वभाव यदाकदा नेपाली राजनेताहरुका व्यवहारको दृष्टान्त दिनुपर्दा पनि काम लागेको पाइन्छ । आफुजस्तै अर्को कुकुर देख्दा नसहने स्वभाव नेपालका कम्युनिष्टसँग मिल्छ भन्नेहरु पनि भेटिन्छन् । आफुसँग जति धन भएपनि सरकारी ढुकुटीबाट उपचारखर्च र यात्राखर्च थाप्ने राजनेताहरुको उदाहरणमा पण्डितहरु भन्छन् “श्वा यदि क्रियते राजा स किम् नाश्नात्युपानहम् ? कुकुरलाई राजा बनाइदिए पनि जुत्ता टोक्न छोड्दैन ।” जनताले जति खबरदारी गर्दा पनि नसुध्रने नेतालाई कुकुरको पुच्छरसँग दाँज्ने चलन पनि हामीकहाँ परम्परागत जस्तै बनिसकेको छ । जस्तै ‘बाह्र वर्ष ढुङ््ग्रामा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै ।’ छिटो सकिनु पर्ने काम अत्यन्त ढिलो भयो भने ‘कुकुर काशी गएजस्तो’ भनिन्छ । कसैले ऐँचो पैँचो नेतिर्दा ‘कुकुरलाई मासु पैँचो दिएजस्तो’ भन्ने चलन गाउँघरमा परम्परागत नै हो । आफ्नो बल पुग्ने ठाउँमा हुँदा फाल छोडेर भुक्दै टोक्न जाइलाग्ने र केही समस्या प¥यो भने थर्कमान बनेर त्राहिमाम् हुँदै आलापविलाप सहित उत्तानो परेर गुहार लगाउँने व्यक्तिलाई गिज्याउनु पर्दा ‘छट्टू मुखियाको पट्टू कुक्कुर’ भन्ने चलन गाउँबस्तीमा आज पनि छ । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा क्वाइँ’ भन्ने उखान पनि यदा कदा चर्चामा आउने गर्छ । एक डेढ वर्ष अगाडि उच्च पदासीन कुनै एक शीर्ष राजनेताले आफुसित अकुत सम्पत्ति हुँदाहुँदै पनि र नैतिकतावान् बन्नु पर्ने राष्ट्रिय जिम्मेवारीको पदमा विराजमान रहेर पनि कुनै एक सुरक्षाकर्मीको पदोन्नतिको लागि केही करोड रुपया घुसमा ¥याल काढेको प्रसङ्ग चर्चामा आउँदा एक जना राजनीतिसचेत पण्डितले हाँस्दै भनेका थिए “आकण्ठ जलमग्नोपि श्वा लिहत्येव जिह्वया अर्थात् घाँटीसक्क सुमधुर पेय जलमा डुव्न पाए पनि कुकुरले आहालको पानी भेट्दा त्यो पनि जिभ्राले चाट्छ ।”


शिकार गर्दा आपसमा मिलेर सहकार्य गर्ने र खाने बेला टोकाटोक झगडा गर्ने कुकुरको स्वभाव यदाकदा नेपाली राजनेताहरुका व्यवहारको दृष्टान्त दिनुपर्दा पनि काम लागेको पाइन्छ । आफुजस्तै अर्को कुकुर देख्दा नसहने स्वभाव नेपालका कम्युनिष्टसँग मिल्छ भन्नेहरु पनि भेटिन्छन् । आफुसँग जति धन भएपनि सरकारी ढुकुटीबाट उपचारखर्च र यात्राखर्च थाप्ने राजनेताहरुको उदाहरणमा पण्डितहरु भन्छन् “श्वा यदि क्रियते राजा स किम् नाश्नात्युपानहम् ? कुकुरलाई राजा बनाइदिए पनि जुत्ता टोक्न छोड्दैन ।” जनताले जति खबरदारी गर्दा पनि नसुध्रने नेतालाई कुकुरको पुच्छरसँग दाँज्ने चलन पनि हामीकहाँ परम्परागत जस्तै बनिसकेको छ ।


अहिले यतिखेर पनि कुकुरको चर्चा छ राजधानीमा । अलि फरक अनुहार र फरक चरित्रका देहधारी कुकुरहरुको चर्चा । करुणा महामारीले लखेटेका बेला सडकमा कुकुरले पनि लखेटेर टोकिदियो भने टेकुमा रेबिजको सुइ लिन कसरी जानेहोला भन्ने चर्चा त सामान्य छँदैछ । यसका अतिरिक्त राजधानीमा विभिन्न समयमा कुकुरबारे विभिन्न किसिमका चर्चा पनि चलि नै रहन्छन् । कहिले धेरै भुके बापतका चर्चा चल्छन् । कहिले किन भुकेनन् भन्ने चर्चा चल्छ । यी भुकन्तेहरु अहिले आएर भुक्न किन छाडे अथवा किन भुकेनन् भन्ने चर्चा चल्छ । नभुकिरहेका कुकुरहरु एक्कासि भुक्नु र भुकिआएका कुकुर एक्कासि मौन हुनु र नभुक्नु दुवै जनताका लागि ढुक्क हुन सकिने अवस्थाका द्योतक बन्ने गर्दैनन् । यस्तोमा गम्भीर रहस्यको आभास महसुस गरिन सक्छ । देशभक्त जनताले त  देशमाथि विदेशले मिचाहापन देखाउँदा र सरकारले तदारुकता साथ लिनु पर्ने अडान नलिँदा खबर्दारी गर्दै सडकमा निस्केर कराएकै छन् । सरकारलाई सही बाटोमा हिँडाउन मेहनत गरेकै छन् । यसपाली लिम्पिपयाधरासम्मको आफ्नो मुलुकको सार्वभौमिकता समेटेको नक्सा सार्वजनिक गर्न लगातार सात आठ महिनासम्म कराएर जनताले सरकारलाई वाध्य बनाएकै हो । जनताका आडमा सरकारले नक्सा सार्वजनिक ग¥यो । जनताले सरकारको प्रशंसा पनि ग¥यो । जहाँसम्म पूर्व वर्णित प्रसङ्गअन्तर्गतका कुकुरहरुको कुरा छ— हामीकहाँ मालिकको इशारा पाएपछि ज¥याकुजुरुक् उठेर पुच्छर ठड्याउँदै सेरोफेरो थर्कने गरी मालिकका बार्दलीहरुबाट भुक्ने विदेशी नश्लका जब्बर कुकुरहरु पनि धेरै नै भइसकेका छन् । जस्तै दक्षिणतिरबाट बस्तीमा डाँका पसेको आबाज स्पस्ट सुन्दासुन्दै उत्तरतिर फर्केर भुक्ने तालिमप्राप्त कुकुरहरु पनि छन् । उता पश्चिमतिरबाट भयङ्कर हुँडारहरुको आक्रामक हुङ्कार सुन्दा मालिकका पूजाकोठीमा शङ्ख बज्दाका बखत आवाजको अुनुरणन गरेजस्तै तिनै हुङ्कारको अनुरणन गरेर दङ्ग पर्ने हुँडारमुखी कुकुरहरु पनि छन् । यिनीहरुका श्रव्यदृश्यहरु सुन्ने कान र देख्ने आँखाहरुका लागि कम विस्मयकारी हुँदैनन् ।  र पनि नेपाली जनताले हरेस खान जानेको छैन । हिजोआज राजधानीका जनताबीच  अनुरणनमुखी हुँडारहरुको कोलाहल र आम जनताका  धैर्यको पनि बाक्लै चर्चा छ  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.