शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लक्ष्मी हुण्डार्ईको ‘क्लिक टू बुक’ सेवा सुरु, के के छन् सुविधा ?

आइतबार, २१ असार २०७७, १२ : १७
आइतबार, २१ असार २०७७

काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल लक्ष्मीहुण्डार्ईले हाल कोभिड–१९को बदलिँदो परिस्थितीलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि एक नौलो सुविधाको सुरुवात गरेको छ । 

यस सुविधामार्फत ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्नेछन् । 

लक्ष्मी हुण्डाईले हाल कोभिड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट ‘क्लिक टू बुक’ सेवाको सुरुवात गरिएको छ  ।

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणालीमार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् ।

ग्राहकहरुले आफुलाई चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनेछ । त्यस पछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जसको व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेञ्जको अनुरोध पनि अनलाइन पोर्टलमार्फत गर्न सक्नेछन् 

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडीको बुकिङका लागि अनलाइनबाट कोटेशन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् अथवा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत अनलाइन भुक्तानी गरी सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

हुण्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदैं आएका छन् । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट र नौलो सेवा अनुभुती प्रदान गर्न लक्ष्मी हुण्डाई सधैं तत्पर रहेका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप