शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी मनीषा कोइराला र करीना कपूरबाट खोसेर ऐश्वर्या राय ‘नंदिनी’ बनेकी थिइन् ?

आइतबार, २१ असार २०७७, १२ : ५८
आइतबार, २१ असार २०७७

एजेन्सी – सन् १९९९ मा रिलीज भएको संजय लीला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ मा लोकप्रिय ‘नंदिनी’ को भूमिका निभाएकी ऐश्वर्या रायले धेरैको मन जित्न सफल भइन् । 

सलमान खान र अजय देवगनको समेत मूख्य भूमिका रहेको उक्त फिल्मले निकै सफलता हासिल गरेको थियो । 

प्रसिद्ध निर्देशक भंसालीले पहिलो फिल्म ‘खामोशी द म्यूजिकल’ मा मनीषा कोइरालालाई अभिनेत्रीको रुपमा लिएका थिए । उनी ‘हम दिल दे चुके सनम’ पनि मनीषालाई नै दिन चाहान्थे । उनी फिल्मको मूख्य भूमिकामा ‘नंदिनी’ को भूमिकामा करीना कपूर वा मनीषा कोइरालामध्ये एकलाई चुन्नेवाला थिए तर एकाएक फिल्ममा ऐश्वर्या रायको आगमन हुन पुग्यो । 

भंसालीले ऐश्वर्यालाई आमिर खान र करिश्मा कपूरको फिल्म ‘राजा हिन्दुस्तानी’ को सेटमा भेटेका थिए ।

भेटमा ऐश्वर्याले संजयलाई भेटेर भनिन्, ‘हाय म ऐश्वर्या राय । मलाई तपाईंको फिल्म खामोशी द म्यूजिकल मन पर्यो ।’

उनले ऐश्वर्यालाई भेटेपछि ऐश्वर्याको आँखा, मिठो आवाज ‘नंदिनी’ को लागि निकै सुहाउँदो हुने भएपछि उनलाई नै छाने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप