शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती

आइतबार, २१ असार २०७७, १४ : २३
आइतबार, २१ असार २०७७

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नं १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो । वडा नं ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यासको भइसकेको र अन्य वडामा दिन जुराएर शिलान्यास गरिने उनले बताए । चौँसठ्ठी हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ वटा वडा छन् ।

स्वास्थ्यचौकी निर्माणका लागि जनसङ्ख्याका आधारमा बजेट विनियोजन गरिएको छ । जनसङ्ख्या ७ हजारभन्दा बढी भएको वडामा रु ६४ लाख र थोरै भएका ठाउँमा रु ३४ लाखका लागतमा स्वास्थ्यचौकी निर्माण गरिने बताइएको छ । 

सो नगरपालिकाको वडा नं ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नं १० मा सामुदायिक स्वास्थ्य एकाइ छन् । मकवानपुरको मनहरि गाउँपालिकासँग सीमा जोडिएको सो नगरपालिकाका चार वटा वडा पहाडमा पर्छन् । ती वडामध्ये दुई वटामा चेपाङको बाहुल्य छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप