ट्याक्टरसहित अवैध काठ नियन्त्रणमा
कैलाली । सुदूरपश्चिम प्रदेशको प्रहरी टोलीले ट्याक्टरसहित अवैध काठ नियन्त्रणमा लिएको छ । कृष्णपुरन गाउँपालिका २ बाणीस्थित पूर्वपश्चिम राजमार्ग अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको से १ त ९३६४ नम्बरको ट्याक्टर र अवैध काठ आज सो प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
घर बनाउन प्रयोग हुने झयाल–ढोकाको चौखट,पल्ला,भेन्टीलेसनसहित १४७ पिस काठ ट्याक्टरको ट्रलि मुनी लुकाइछिपाई लगिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान विभागका प्रमुख एवम् प्रहरी नायव निरीक्षक केशव जोशीले रातोपाटीलाई जानकारी दिए ।
उनले आवश्यक कागजात माग्दा नदिएकोले ट्याक्टर चालक कृष्णपुर नगरपालिका २ वस्ने अन्दाजी वर्ष ३५, ३६, का गणेश प्रसाद अवस्थी सहितलाई पक्राउ गरि आवश्यक कार्वाहीका लागी अस्थाई प्रहरी पोस्ट वाणी कञ्चनपुरमार्फत सवडिभिजन वन कार्यालय वाणीलाई बुझाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै