शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनको हत्यारालाई मृत्युदण्ड सजायको मागसहित प्रदर्शन

आइतबार, २१ असार २०७७, १९ : ०९
आइतबार, २१ असार २०७७

जनकपुर । १० वर्षीया बालिकाको हत्यारालाई मृत्यदण्डको सजाय माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । आइतबार कुर्था युवा क्लबको अगुवाईमा युवाहरुले जनकपुरमा बालिकाको हत्यारालाई तत्काल पक्राउ गरी मृत्युदण्डको सजायको माग गर्दै प्रदर्शन गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाका युवा, नागरिक समाज तथा बालबालिकाहरुको सहभागितामा जनकपुर नगरको परिक्रमा गर्दै मृतक बालिकाका लागि  न्यायको माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

बालिकाको हत्या भएको ४ दिनभन्दा बढी भइसक्दासमेत प्रहरीले पक्राउ गरेकाहरुलाई सार्वजनिक नगरेको र वास्तविक दोषीलाई नछाड्नका लागि दबाबस्वरुप प्रदर्शन गरेको स्थानीय चन्द्रशेखर महासेठले बताए ।

गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केकी कञ्चन कुमारी पजियारको शव शनिबार स्थानीय दुधमती नदी किनारामा फेला परेको थियो ।

प्रहरीले नाबालिकाको हत्याको प्रारम्भिक अनुसन्धानको क्रममा २० जनालाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप