बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बूढानीलकण्ठमा यसरी पूजा गरियो गुरुलाई, तस्विरमा हेर्नुहोस्

आइतबार, २१ असार २०७७, १९ : ५६
आइतबार, २१ असार २०७७

आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गुरुलाई गराउने परम्परा छ ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको छ। अज्ञानरूपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रहरुले  ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रिदेवका रूपमा मानेको छ ।

यही अवसरमा बूढानीलकण्ठको वेद विद्याश्रमका विद्यार्थीहरुद्वारा शिक्षकलाई सम्मान अर्पण गरिएको छ। कोरोनाको कारणले गर्दा यसपटक पहिलेको जस्तो धुमधाम नभए पनि सिमित विद्यार्थीहरुले गुरु पूजा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप