मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टेकु क्षेत्र वरिपरि एभरेष्ट बैंकद्वारा वृक्षारोपण

आइतबार, २१ असार २०७७, २१ : ३१
आइतबार, २१ असार २०७७

काठमाडौं– एभरेष्ट बैंकले वातावरण संरक्षणका लागि काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु क्षेत्र वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं.१२ स्थित एभरेष्ट बैंकको कार्यालय र पीडीएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको हो । 

एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । बैंक ‘सर्भिस विथ स्माइल’को नारा अन्तर्गत आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको बताएको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष.विकास डंगोलले संयुक्त रुपमा बैंकका अधिकारीहरुका साथै पीडीएसएस नेपालका टिमको उपस्थितिमा गरेका हुन् ।

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप