केन्द्रीय संस्करण

पर्यटन बोर्डद्वारा उत्कृष्ट ५ फोटो घोषित

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी ७०० भन्दाबढी फोटोमध्ये उत्कृष्ट पाँच छनोट गरिएको हो । 
    
उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रविन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ रहेका थिए ।  
    
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा  केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो । बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागिता जनाइएको थियो । विजयीलाई जनही रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले विजयीलाई बधाई एवं सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बोर्डको नेपाल प्रवद्र्धन गर्ने अभियानमा सहभागी हुन अनुरोध गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.