शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, २२ असार २०७७, ०७ : ३४
सोमबार, २२ असार २०७७

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भूभाग नजिक निम्न चापिय क्षेत्र रहेको जनाएको छ । 

यसैगरी, हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको जारी पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, महाशाखाले सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहने पूर्वानुमान गरेको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै,  प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति भने  देशभर साधारणतया बदली रहनेछ । देशका प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप