मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण स्थगित भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै, तस्विरमा हेर्नुहोस्

सोमबार, २२ असार २०७७, १२ : २९
सोमबार, २२ असार २०७७

देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भनिए पनि कोरोना भाइरसको महामारीले स्थगित गरिएकोमा आज र भोलिका लागि यो कार्यक्रम तय भएको हो ।

नेपाल राष्ट्रिय  भिटामिन ‘ए’ कार्यक्रम  मार्फत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिका बहुसुक्ष्म पोषणतत्व बालभिटा खुवाउने गरिन्छ । बालबालिकामा  हुन सक्ने  स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुइ चरणमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप