भारतको उडिसामा सुरक्षा कारबाही, ४ माओवादी लडाकू मारिए
एजेन्सी । भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ ।
उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले सो कुराको जानकरी दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । मुख्य सचिव त्रिपाठीले सोमबार बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरुसँगको भिडन्तमा परी ४ जना माओवादी विद्रोहीको ज्यान गएको बताएका छन् ।
उनले त्यस क्रममा सफल रुपमा माओवादी विरुद्धमा कारबाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई बधाई पनि दिएका छन् । उडिसाको राज्य सरकारले अतिवादीहरुका विरुद्धमा कडा कारबाही गर्न सक्ने सन्देश पनि यो सफल कारबाहीबाट दिएको पनि मुख्य सचिव अजितले बताएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ