केन्द्रीय संस्करण

‘दुई पुरेतका लड्डू कथा !’

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

 

 

अहिले म वर्षौंअघि हजूरबाले सुनाउनुभएको एउटा कथा सम्झिरहेको छु । कथा यस्तो छ—

“त्यस दिन माहिला पुरेत काशीनाथ र उनका भतिजा धर्मदास मात्र घरमा थिए । घरमा खाना तैयार गरेर खाने बानी नै थिएन । भोटो कछाडमा सजिएर दुवै जना जजमानकोमा जान निस्के ।

गहिरीगाउँमा जमुनाप्रसादका घरमा पुगे । फलैंचामा बसे । खोकिलाकबाट पात्रो निकाले । वर्षफल सुनाए । बिहान त्यहीँ भात खाए । दिउँसो अबेरसम्म बसे । खाजा पनि त्यहीँ खाए ।

साँझ पीपलडाँडातिर उक्ले । पाहुना लाग्ने सुरले त्यहाँ काजी निर्माणदासका घर पुगे । गाउँको सवैभन्दा ठूलो घर । फलैँचा पनि भव्य । निर्माणदास घरै थिए । हाँसेर अभिवादन गरे । उनकी पत्नी भीमनयनाले भित्रबाट राडी ल्याएर फलैँचामा बिच्छ्याइदिइन् ।

एक छिनको भलाकुसारीपछि काजीले भन], ‘आज अमृताशन लड्डू भोजन गरौँ है ।’

‘हुन्छ, सामान र मसला सवै दिनुहोस् । लड्डू हामी आफैँ बटार्छौँ । हुन्न ?’

काजीले सोचे, ‘बिचरा बाहुनचरीहरु धेरै नै भोकाएछन् । बिहान भोकभोकै घरबाट हिँडेका थिए कि ?’ काजीको इसारा बुझेर भीम नयनाले बीस बाइसवटा लड्डू बन्ने मसला र सफा नयाँ सुपो तैयार पारेर राखिदिइन् । पाहुनाकोठामा बसेर काका भतिजाले सुपोमा लड्डूको सामग्री मसला सवै मिलाए । लड्डू बाटे ।

काजीले सोचे, ‘बिचरा बाहुनचरीहरु धेरै नै भोकाएछन् । बिहान भोकभोकै घरबाट हिँडेका थिए कि ?’ काजीको इसारा बुझेर भीम नयनाले बीस बाइसवटा लड्डू बन्ने मसला र सफा नयाँ सुपो तैयार पारेर राखिदिइन् । पाहुनाकोठामा बसेर काका भतिजाले सुपोमा लड्डूको सामग्री मसला सवै मिलाए । लड्डू बाटे । लड्डू गाउँघरका ब्रतबन्धमा बाट्ने गणेश जत्रै ठूला ठूला थिए । बाट्दै जाँदा लड्डू पाँचवटा बने । एउटैले पेट भरिएला जस्ता लड्डू पाँचवटा । अहा क्या मज्जा ! काका भतिजा खुसीले गद्गद् भए ।

भीम नयानाले दुइटा थाल ल्याएर टक्राइन् । अव लड्रडू बाँडेर खाने कुरा आयो । काकाले एउटा थालमा दुइटा र अर्कोमा तीनवटा लड्डू राखे । लड्डू फोरेर बाँड्न काकाभतिजा दुवै तैयार थिएनन् । अव तीनवटा कसले खाने ? दुइवटा कसले खाने ? दुइटा मात्र लड्डू खान काका तैयार थिएनन् । भतिजो पनि तैयार थिएन । धेरै बेरको सोचविचार र छलफलपछि काका भतिजाले निश्चय गरे, ‘लड्डू फोर्ने त कुरै भएन । हामी यहाँ यी लड्डूहरु हेरेर चूपचाप बसौं । जो पहिले बेल्छ त्यसले दुइटा मात्र पाउँछ । जो बोल्दैन त्यसले तीनवटा लड्डू पाउँछ ।’

लड्डू हेरिबसेका काका भतिजा दुवै नबोल्दानबोल्दै उँङ्न थाले । ओढ्ने तानेर सतरन्जामाथि दुवै जना लमतन्न पल्टे । लड्डू हेर्दाहेर्दै निदाए ।

बिहान छक्काल भयो । ‘बाहुनचरीहरु किन उठेनन् । उठाउँन पर्‍यो’ भन्दै निर्माणकाजी कोठामा पसे । हेरे । दुवै लम्पसार । चूपचाप । कुनै केही बोल्दैन । ‘ए बाहुनबाजे !’ चर्कै आवाज निकालेर काजीले बोलाए । कोही बोलास् न । किन बोल्छ ? बोलेन । काजीका परिवार जुटे । आपसमा भन्न थाल, ‘के थाहा, कुनै विखालु सर्प आएर टोकिदिएछ कि ? बिचराहरु पानी पनि भन्न नपाई बितेछन् । कठैबरा !’

निर्माणकाजीले भने, ‘जेभए पनि बाहुनचरीहरु हुन् । आफ्नो घरमा आएर परलोक भएका छन् । अन्तिम संस्कार त गरिदिनै पर्‍यो ।’

यी सबै सम्बाद ती काकाभतिजा लम्पसार मुद्रामा सुनिरहेका थिए । मनैमन सोचे, ‘अचम्म भयो !’ तर बोल्ने को ? बोल्यो भने दुइटा लड्डूमा डल्लिनु पर्छ !

केहीक्षणमा गाउँले जम्मा भए । आँगनमा निकालेर काकाभतिजालाई बाँसको बलोमा राखेर कसकास पारे । यति हुँदा पनि काका भतिजा दुवै चुँक्क बोलेनन् । मानौं यी दुई साँच्चिकै लास बनिसकेका थिए । गाउँलेले बोकेर शङ्ख फुक्दै दुवैलाई मरनघाटमा पु¥याए । चिता तैयार गरे । एक एक गरेर दुवैलाई चितामाथि सुताए । यति गरेर अरु सवै नदीतिर नुहाउन पसे । केवल पाँच जना मात्र त्यहाँको काममा खटेका थिए ।

केहीक्षणमा गाउँले जम्मा भए । आँगनमा निकालेर काकाभतिजालाई बाँसको बलोमा राखेर कसकास पारे । यति हुँदा पनि काका भतिजा दुवै चुँक्क बोलेनन् । मानौं यी दुई साँच्चिकै लास बनिसकेका थिए । गाउँलेले बोकेर शङ्ख फुक्दै दुवैलाई मरनघाटमा पु¥याए । चिता तैयार गरे । एक एक गरेर दुवैलाई चितामाथि सुताए । यति गरेर अरु सवै नदीतिर नुहाउन पसे । केवल पाँच जना मात्र त्यहाँको काममा खटेका थिए ।

निर्माण काजीले दिक्क हुँदै झिँजामा आगो सल्काए । हरिआम् भन्दै चितामा आगो झोसे । चितामाथिका काकाले सोचे, ‘पोलेपोलास् । दुइटा मात्र लड्डू त किमार्थ खान्नँ । खान्छु त तीनवटै खान्छु । होइन भने यसै ठीक छ !’

भतिजोले सोच्यो, ‘तीनवटा लड्डू खाने चक्करमा परिरहने हो भने अव त ज्यानै जाने भो । जाबो लड्डूमा ज्यान फाल्नु त भएन नि । ज्यान रहे लड्डू त पछि पछि पनि खान सकिन्छ । म बोल्छु !’ मनमनै दह्रो अठोट गरेर  भतिजो एक्कासि करायो, ‘उठौँ उठौँ भागौँ ! तनिवटा लड्डू काका नै खानुस् । म दुइटा मात्र खाउँला ।’

काका भतिजा दुवै चिताबाट जर्‍याकुजुरुक् उठेर फाल छोड्दै भागे । त्यहाँ रहेका पाँचै जनाले आत्तिँदै भने, ‘भूत ! भूत !! यिनीहरु त भूत पो रहेछन्, भागौँ, भागौँ !!!’ । तिनीहरु पनि भागे । नुहाउन नदीमा पसेकाहरु पनि हतारमा नाङ्गैभुतुङ्गै किनारमा निस्केर भागे । भागेका सवै त्यहाँ नजिकको एउटा मन्दिरभित्र पसे ।

यता काका भतिजा त लड्डूका भोका थिए । त्यहाँबाट दगुर्दै यजमान निर्माणकाजीका घरमा पुगे । सरासर पाहुनाकोठामा पसे । थालमा लड्डू लडिरहेकै थिए । थचक्क बसेर त्यहाँका ती तीनवटा लड्डू काकाले खायो दुइटा भतिजोले खायो ।”

कथा यत्ति हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.